काठमाडौं । चेरीको अफरोड केन्द्रित ब्राण्ड आइकारको नयाँ एसयूभी आइकार भी २५ चीनमा बिक्री सुरू भएको छ ।
कम्पनीले चिनियाँ बजारमा सुरूआती मूल्य (विशेष छुटसहित) १७ हजार ९०० अमेरिकी डलर तोकेर बिक्री सुरू गरेको हो । रियर ह्वील र अल ह्वील ड्राइभ दुवै अप्सनमा उपलब्ध भी २५ विभिन्न ४ भेरियन्टमा उपलब्ध छ ।
कम्पनीले आइकार भी(२५ एसयूभीलाई रेन्ज एक्सटेन्डेड एसयूभीको रुपमा बजारमा ल्याएको हो । कम्पनीले यसलाई आफ्नो लाइनअपमा आइकार भी(२३ र भी(२७ को बीचमा राखेको छ ।
आइकार भी २५ को डिजाइन झट्ट हेर्दा भी२३ सँग मिल्दोजुल्दो छ । कम्प्नीले भी २५ मा ब्राण्डको ‘बक्सी’ डिजाइन शैलीलाई निरन्तरता दिएको छ । यसमा ठाडो ए–पिलर र फराकिला ह्वील आर्चहरू दिइएका छन् ।
भी२५ को लम्बाइ (स्टोरेज बक्ससहित) ४६३६ एमएम, चौडाइ १९२० एमएम र उचाइ १५५ एमएम छ । यसमा २८२० एमएम लामो ह्वीलबेस पाउन सकिन्छ ।

१९७ एमएमको ग्राउण्ड क्लियरेन्स १९७ रहेको यो एसयूभीमा एप्रोच एंगल ३० डिग्री, डिपार्चर एंगल २८ डिग्री र ब्रेकओभर एंगल १७ डिग्री छ ।
गाडीको क्याबिनभित्र क्वालकम स्न्यापड्रागन ८५३८ चिपबाट संचालित १५.४ इन्चको सेन्ट्रल कन्ट्रोल स्क्रीन दिइएको छ । यसको स्मार्ट ड्राइभिङ प्रणाली होराइजन रोबोटिक्सको जर्नी ६पी चिपमा आधारित छ । उक्त चिपले ५६० टप्स कम्प्युटिङ क्षमता प्रदान गर्छ ।
भी २५ मा चालक सहायता प्रणालीका लागि एउटा लाइडारसहित २७ वटा सेन्सर जडान गरिएको छ । यसले फाल्कन ७०० प्लस प्रणालीमार्फत सहरी सडक तथा राजमार्गमा नेभिगेसन अन अटोपाइलट (एनओए) सुविधा सपोर्ट गर्छ ।
आइकार भी२५ मा १.५ टी इन्जिन जडान गरिएको छ । यसले अधिकतम १५४ हर्ष पावर शक्ति प्रदान गर्छ र रेन्ज एक्सटेन्डरका रूपमा काम गर्छ । यसको रियर ह्वील ड्राइभ भेरियन्टमा १८५ किलोवाट र अल ह्वील ड्राइभमा ३३५ किलोवाट (२ वटा)को मोटर जडान गरिएको छ । यो गाडीलाई शून्यदेखि १०० किलोमिटर प्रतिघण्टाको गति भेटाउन केबल ५ सेकेण्ड मात्र लाग्छ ।
दुवै भेरियन्टमा ३३.६७ किलोवाट आवर क्षमताको लिथियम आइरन फस्फेट (एलएफपी) ब्याट्री प्याक दिइएको छ । उक्त ब्याट्रीलाई १५ मिनेटमै ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । सीएलटीसी मापदण्ड अनुसार यसको प्योर र्ईभी रेन्ज २१० किलोमिटर छ भने संयुक्त रेन्ज १२४० किलोमिटर रहेको कम्पनीकाे दाबी छ ।
चीनमा बिक्री सुरू भएसँगै आइकार भी २५ चाँडै नेपाली बजारमा पनि आउने छ । हाल आइकार भी २३ र भी २७ उपलब्ध गराउँदै आएको एसपीजी अटोमोबाइल्सले भी २५ नयाँ विकल्पको रुपमा ल्याउने छ ।

