चिनियाँ स्टार्टअप कार ब्राण्डमा लीपमोटर पहिलो, छलाङ लगाउँदै साओमी

काठमाडौं । चिनियाँ स्टार्टअप कम्पनीहरु मध्ये लीपमोटर सबैभन्दा अगाडि देखिएको छ । युरोपियन ब्राण्ड स्टेलान्टीसको प्रबेशसँगै लीपमोटरले उत्पादन बिक्रीमा तिब्रता दिएको हो ।

सन् २०२५ मार्च महिनाको बिक्री तथ्यांक सार्वजनिक भएसँगै लीपमोटर पहिलो भएको हो । कम्पनीले मार्चमा ४१ हजार ३९ युनिट कार होलसेल बिक्री गरेको छ ।

दोस्रो स्थानमा ३५ हजार ४५ युनिट बिक्री गर्दै एक्सपेङ रहेको छ । एक्सपेङलाई पच्छाउँदै तेस्रो स्थानमा रहेको एलआई अटोले ३३ हजार ९३९ युनिट बिक्री गरेको छ ।

सूचीको चौथो स्थानमा रहेको साओमीले २८ हजार युनिट बिक्री गरेको छ । साओमीको बिक्री धेरैको लागि अनौठो लाग्न सक्छ । चिनियाँ बजारमा बढ्दो प्रिमियम कारको मागलाई झल्काउने साओमीको बिक्री अन्य स्टार्टअपको लागि एउटा नयाँ पाठ हो । चीनमा खुलेका कार स्टार्टअप मध्ये सबैभन्दा कान्छो साओमीले सन् २०२५ मा ३ लाख युनिट कार बिक्री गर्ने लक्ष्य राखेको छ ।

सूचीको पाँचौ स्थानमा नियो परेको छ । उसले २३ हजार ९०० युनिट बिक्री गरेको छ । छैटौं स्थानमा २० हजार १३८ युनिट सहित दीपल रहँदा सातौं स्थानमा जीकर परेको छ । जीकरले १३ हजार ७२७ युनिट बिक्री गरेको हो ।

चिनियाँ स्टार्टअप ब्राण्ड अबतारले ११ हजार ६८१ युनिट कार बिक्री गर्दा नबौं स्थानमा परेको भोयाले १० हजार १९ युनिट बिक्री गर्न सफल भएको हो । अन्य दर्जनौ स्टार्टअपहरुको उत्पादन न्यून बन्दै गएको छ ।


Back_to_top