काठमाडौं । आजदेखि पाँचौं संकरणको मेरोअटो मोटर र्याली सुरू हुने भएको छ ।
शुक्रबार दिउँसो १ बजे (वैशाख १९ गते) नाडाका उपाध्यक्ष निराकार श्रेष्ठ र जिओ फोर्डका प्रबन्ध निर्देशक आकाश गोल्छाले संयुक्त रूपमा फ्ल्याग अफ गर्दै र्यालीको शुभारम्भ गर्ने भएका हुन् ।
काठमाडौंको नक्सालबाट सुरू हुने र्याली गौशला-चाबहिल-जोरपाटी-थली-साँखु-नगरकोट-कुन्ताबेँसी-जेरोकिलो-दोलालघाट हुँदै सुकुटे पुगेर सम्पन्न हुनेछ ।
उक्त र्यालीमा ४० भन्दा धेरै कार र १०० जना सहभागी हुने छन् ।
यो मोटर र्याली आन्तरिक पर्यटन विकास, ड्राइभ टुरिजम कल्चर स्थापित, हाइवे ड्राइभिङ र व्यवसायिक नेटवर्किङ विस्तारका लागि सहयोगी हुने आयोजक अटोमोटिभ्स प्रालिले जनाएको छ ।
यस वर्षको मेरोअटो मोटर र्यालीको मुख्य प्रायोजक लक्ष्मी हुन्डाई रहेको छ । त्यस्तै, बैंकिङ पार्टनर ग्लोबल आइएमई बैंक, इन्स्योरेन्स पार्टनर सगरमाथा लुम्बिनी इन्स्योरेन्स र मल्टिप्लेक्स पार्टनर आइएनआइ सिनेमा रहेको छ ।
त्यसैगरी, सपोर्टेड बाइमा कर्भ ईभी, सीजी मोटर्स, हेनरी भोल्टस्, लीपमोटर, इसिजु, हाइगर ईभी, टोयोटा, जीकर, ओमोजा/जेको, एलआर मोटर्स र अरेटे रहेका छन् ।
मेरो अटोले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवसरमा मोटर र्याली आयोजना गर्दै आएको छ । पहिलो संस्करणको र्याली सन् २०२१ को काठमाडौं-सुकुटेसम्म भएको थियो ।
त्यस्तै, दोस्रो संस्करणको काठमाडौं-मूलकोट, तेस्रो संस्करणको काठमाडौं त्रिशूली र चौथौं संस्करणको काठमाडौं-सौराह भएको थियो ।