काठमाडौं । सिट्रोनको नयाँ एसयूभी ‘सि-३’ परिक्षणको क्रममा देखिएको छ । अन्तर्राष्ट्रिय बजारमा ४ मिटरभन्दा केहि लामो साइजमा आउने सि-३ भारतमा भने ४ मिटरभन्दा छोटो साइजमा उत्पादन हुने अनुमान गरिएको छ ।
विशेषत भारत सरकारले ४ मिटरभन्दा छोटा गाडीमा कम कर लगाएकाले कम्पनीहरु सब फोर मिटरमा एसयूभी बनाइरहेका छन् । यस्तोमा भर्खरै भारतमा प्रबेश गरेको सिट्रोनले नयाँ एसयूभीको रुपमा सब फोर मिटर एसयूभी नै ल्याउने अनुमान गरिएको छ ।
नेपालमा पनि सिट्रोनको आधिकारीक वितरकमा साँग्रिला मोटर्स नियुक्त भइसकेको छ । कम्पनीले पहिलो गाडीको रुपमा ‘सि-५ एयरक्रस’ नेपाल ल्याउने तयारी गरिरहेको छ । सि-५ एयरक्रसपछि नेपालमा पनि सि-३ मोडल नै आउने छ ।

धेरै पार्टस् नढाकी परिक्षण भइरहेको सि-३ मा बाहिरी डिजाइनमा धेरै कुरा सि-५ बाट लिइएको देखिन्छ । भर्टिकल स्प्लीट हेडल्याम्प, प्रोमिनेन्ट रुफरेल, बल्बस टेलगेट्स, फ्रन्ट ग्रिलसँगै दिइएको डे टाइम रनिङ लाइटले नयाँ एसयूभी निकै दमदार हुने अनुमान गर्न सकिन्छ ।
गाडीको सबै तिर दिइएको व्ल्याक क्लाडिङ, सुरुवाती भेरियन्टमा स्टील ह्वील र त्यसमाथिका भेरियन्टमा अलोय ह्वील यसमा रहने छ । कम्पनी यहि वर्षको अन्त्यसम्ममा यसलाई बजारमा ल्याउने अनुमान गरिएको छ ।
सिट्रोनले यसमा १.२ लिटर क्षमताको नेचुरल एस्पायर्ड र टर्बो पेट्रोल इन्जिन प्रदान गर्ने छ । उक्त इन्जिनले अधिकतम ११० पीएस पावर प्रदान गर्ने अनुमान गरिएको छ ।

