काठमाडौं । जापानी दुई पाँग्रे सवारी निर्माता कम्पनी यामाहाले आफ्नो उत्पादन एफजेडएस भी ३ मा नयाँ फिचर थप गरेको छ । कम्पनीले यामाहा एफजेडएस भी ३ मा स्मार्ट कनेक्ट फिचरका साथै अन्य नयाँ फिचरसमेत थप गरेको हो ।
कम्पनीले हालै सार्वजनिक गरेको नयाँ टीभीसीमा नयाँ फिचर समावेस गरिएको बुझिएको छ । यस अघि भिन्टेज मोडलमा मात्र प्रयोग गरिएको स्मार्ट कनेक्ट फिचर अब रेगुलर मोडलमा प्रयोग गरेको हो । चालकले ब्लुटुथ मार्फत आफ्नो स्र्माट फोन मोटरसाइकलसँग कनेक्ट गरी फोन एसएमएस अर्लट, इ क्लक, लोकेट माइ बाइक, हजार्ड जस्ता फिचरको प्रयोग गर्न सक्नेछन् ।
यामाहा एफजेडएस भी थ्रीमा १४९ सीसी एफआई इन्जिन दिइएको छ । उक्त इन्जिनले ८००० आरपीएममा १३.२० बीएच पावर, ६५०० आरपीएममा १२.१ एनएम टर्क प्रदान गर्छ ।
दुवै चक्कामा डिस्क ब्रेक र सिंगल च्यानल एबीएसमा उपलब्ध यो मोटरसाइकल अहिले यामाहाको सर्वाधिक सफल मोडल हो । भारतीय बजारमा सार्वजनिक गरेकाे केही समयपश्चात नेपाली बजारमा सार्वजनिक गर्ने अनुमान गरिएकाे छ ।

