काठमाडौं । टीभीएसका मोटरसाइकल तथा स्कुटर खरिद गर्न चाहने ग्राहकलाई कम्पनीले सजिलो फाइनान्स सुविधा सहितको स्कीम अफर गरेको छ । टीभीएसका मोटरसाइकल तथा स्कुटरको आधिकारीक बिक्रेता जगदम्बा मोटर्सले लकडाउन खुकुलो भएसँगै नयाँ योजना ल्याएको हो ।
कम्पनीले नगद रकम तिरेर मोटरसाइकल किन्नेलाई १२ हजार र स्कुटर किन्नेलाई १० हजार रुपैयाँ नगद छुटको अफर दिएको छ । साथै, तत्काल डाउन पेमन्ट गर्ने पैसा नहुने ग्राहकलाई सून्य डाउन पेमेन्ट र सून्य प्रतिशत व्याजदरको अफर गरेको छ ।
सून्य प्रतिशत डाउन पेमेन्टमा मोटरसाइकल तथा स्कुटर किन्ने ग्राहकले केही महिनाको लागि मासिक ९९ रुपैयाँ मात्र तिरेर अहिलेको अफ्ठ्यारो समयमा मोटरसाइकल किन्न सक्ने छन् । यो योजनामा संगठित क्षेत्रमा काम गर्ने मानिसले मात्र सहभागिता पाउने छन् ।
यस योजनामा मोटरसाइकल तथा स्कुटरको सम्पूर्ण रकम २६ महिनामा तिर्नु पर्ने हुन्छ । सुरुवाति ४ महिना ९९ रुपैयाँ मासिक किस्ता र त्यसपछि बाँकी २२ किस्तामा सम्पूर्ण रकम भुक्तानी गर्नु पर्ने कम्पनीले जनाएको छ ।
त्यसैगरि कम्पनीले ल्याएको अर्को सून्य प्रतिशत व्याज योजनामा ग्राहकले सुरुमा ५० प्रतिशत डाउन पेमेन्ट गर्नु पर्ने हुन्छ भने बाँकी रकम १२ किस्तामा तिर्नु पर्ने हुन्छ ।
जुन अफर लिएर मोटरसाइकल तथा स्कुटर किनेपनि बीमा शुल्क भने अनिवार्यरुपमा अग्रीम तिर्नु पर्ने कम्पनीले जनाएको छ ।
अहिले कम्पनीले बिक्री गर्दै आएको अपाचे सिरिजका मोटरसाइकल र एनटर्क १२५ तथा जुपिटर स्कुटर निकै चर्चित रहेको छ ।

