परिक्षणको क्रममा देखियो मारुती सुजुकीको पहिलो इलेक्ट्रीक कार

काठमाडौं । मारुती सुजुकीले भारतमा उत्पादन गर्ने लक्ष्यका साथ परिक्षण गरिरहेको पहिलो इलेक्ट्रीक कार देखिएको छ । कम्पनीको पहिलो इलेक्ट्रीक कार वागेनआर वेसमा बनिरहेको छ ।

कम्पनीले २०१८ मा ५० वटा इलेक्ट्रीक कारको प्रटोटाईप तयार गरेर परिक्षण गरिरहेको थियो । २०२० को अन्त्यसम्ममा बजारमा आउने अपेक्षा गरिएको यो इलेक्ट्रीक कार कोभिड १९ को कारण केही समयपछि धकेलिने अनुमान गरिएको छ । यद्यपी यसको विषयमा कम्पनीको आधिकारीक धारणा भने बाहिर आएको छैन ।

अहिले भने यसको उत्पादन मोडल परिक्षणको क्रममा देखिएको हो । यसलाई कम्पनीले कम्बस्चन इन्जिन युक्त वागेनआरको तुलनमा प्रिमियम मूल्यको साथ बजारमा ल्याउने अनुमान गरिएको छ ।

पछिल्लो पटक परिक्षणमा देखिएको नयाँ इलेक्ट्रीक कारमा प्रोजेक्टर हेडल्याम्पको प्रयोग गरिएको छ । वागेनआर इभीमा अधिकांश लाइटहरु एलइडी प्रयोग भएको अनुमान गर्न सकिन्छ ।

गोलो आकारको फगल्याम्प, अलोय ह्वील, प्रिमियम ड्यासबोर्ड, इन्फोटेन्टमेन्ट सिस्टम जस्ता विशेषताका साथ आउने यो कारले एसी र डिसी दुबै चार्जिङ सपोर्ट गर्ने जनाइएको छ ।

कम्पनीले यसमा प्रयोग भएको व्याट्री, मोटर, पावर, टर्क लगायतको विषयमा भने कुनै जानकारी दिएको छैन ।


Back_to_top