चार्जिङ स्टेशनमा प्रयोग हुने विद्युतको महशुल निर्धारण (सूचीसहित)

काठमाडौं । विद्युत नियमन आयोगले विद्युत महसुल निर्धारण गरेको छ । आयोगले सार्वजनिक गरेको नयाँ महशुल दरमा ट्रंक र डेडिकेटेड लाईनमा लाग्दै आएको शुल्क खारेज गरिदिएको छ ।

विद्युतीय सवारीसाधन चार्ज गर्न स्थापना भएका चार्जिङ स्टेशनको महसुल दर पनि आयोगले तोकेको छ । नयाँ शुल्क अनुसार ३३ केभीए लाइनमा खुलेका चार्जिङ स्टेशनहरुले डिमाण्ड शुल्क बापत प्रतिमहिना २३० रुपैयाँ प्रति केभीए तिर्नु पर्ने हुन्छ । अन्य यातायातका साधन भनेर प्रति केभिए २५५ रुपैयाँ समेत तोकिएको छ ।

त्यसैगरि ११ केभीए लाइनमा पनि सोही शुल्क लगाइएको छ भने तल्लो भोल्टेज (२३०/४०० भोल्ट) मा प्रति केभीए अन्तर्गत डिमाण्ड शुल्क २०० रुपैयाँ र अन्य यातायातमा २२० रुपैयाँ प्रति केभीए लाग्ने छ ।

विद्युत महशुललाई पनि पिक आवर र अन्य समय भनेर छुट्टइएको छ । पिक आवर साँझ ५ बजेदेखि ११ वजेसम्मको विद्युत महशुल ७ रुपैयाँ देखि राति ११ बजेदेखि साँझ ५ बजेसम्मको प्रति किलोवाट ८ रुपैयाँ ६० पैसासम्म निर्धारण गरिएको छ ।


Back_to_top