पहिलेभन्दा थप प्रिमियम फिचरकाे साथ तयार भयो नयाँ जेनेरेशन महिन्द्रा थार

काठमाडौं । महिन्द्राले नयाँ जेनेरेशन थार यही वर्ष बजारमा ल्याउने आधिकारीक जानकारी दिएको छ । कम्पनीका कार्यकारी निर्देशक राजेश जेजुरिकारले यसको आधिकारीक घोषणा गरेका हुन् ।

‘नयाँ जेनेरेशन थार लगभग तयार भएको छ । यसलाई हामी २०२० मा नै बजारमा उतार्ने छौं’, जेजुरिकारले भने ।

महिन्द्रा ‘जेड-१०१’ कोण नेममा उत्पादन भइरहेको नयाँ जेनेरेशन थार आगामी फेसटिवलको समय पारेर बजारमा उतार्ने तयारी भएको मिडियाहरुले अनुमान गरेका हुन् ।

विभिन्न समयमा परिक्षणको क्रममा देखिएको नयाँ महिन्द्रा थारको फाइनल डिजाइन भने बाहिर आएको छैन । यद्यपी कम्पनीले यसको चेसिस र बडी प्यानल भने नयाँ प्रयोग गरेको अनुमान गरिएको छ ।

नयाँ महिन्द्रा थारमा २.० लिटर एमहक टर्बो डिजेल र १.५ लिटर टर्बो पेट्रोल इन्जिन दिइएको छ । डिजेल इन्जिनले १४० पीएस पावर र पेट्रोल इन्जिनले १६० पीएस पावर प्रदान गर्ने छ । दुबै इन्जिनमा अटोमेटिक र म्यानुयल गियरबक्स अप्सन प्रदान गरिने जनाइएको छ । नयाँ एसयूभीमा पनि फोर ह्वील ड्राइभ अप्सन दिइने छ ।

कम्पनीको नयाँ अफरोड एसयूभीमा एलईडी डे टाइम रनिङ लाइट, १८ इन्चको अलोय ह्वील, इन्फोटेन्टमेन्ट सिस्टम, अटोमेटिक क्लाइमेट कन्ट्रोल, मल्टि इन्फर्मेसन डिस्प्ले जस्ता फिचर रहने छन् ।


Back_to_top