काठमाडौं । बिएमडब्ल्यू मोटरसाइकलमा छुट अफर आएको छ । बिएमडब्ल्यू मोटरसाइकलको नेपालको लागि आधिकारीक वितरक टर्क मोटर्सले ६५ हजार बराबरको छुट अफर सार्वजनिक गरेको हो ।
लकडाउन केही खुकुलो भएसँगै मोटरसाइकल बिक्रेता कम्पनीले विभिन्न किसिमका अफरहरु ल्याएका हुन् । यस्तो बिएमडब्ल्यूका मोटरसाइकल किन्ने ग्राहकले पनि छुट पाउने भएका छन् ।
कम्पनीले ल्याएको अफरमा सजिलै फाइनान्स तथा एक्सचेन्जकाे समेत सुविधा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
टर्क मोटर्सले ल्याएको अफरमा दुई अप्सन उपलब्ध रहेको छ । जसमा बिएमडब्ल्यूको एडेभान्स प्याकेजमा ज्याकेट, टाउजर, ग्लोबस् र विभिन्न एसोसरिजहरु अफर गरिएको छ । यी ग्याजेट्सको मूल्य करिब ६५ हजार रुपैयाँ हुने जनाइएको छ ।
त्यसैगरि दोस्रो अप्सनमा हेल्मेट, इन्स्योरेन्स र तीन वर्षसम्मको बीमा उल्लेख गरिएको छ । यस अफरमा पनि ग्राहकले ६५ हजार बराबरको छुट पाउने जनाइएको छ ।
यो अफर बिएमडब्ल्यूका काठमाडौं, बुटवल, चितवन, पोखरा र विर्तामोड शोरुमबाट पाउन सकिने कम्पनीले जनाएको छ ।

