आउँदै ७ सिट क्षमताको क्रेटा, यस्ता हुने छन् मुख्य फिचर

काठमाडौं । हुन्डाई क्रेटा नेपाली अटोमोवाइल क्षेत्रमा सर्वाधिक सफल एसयूभीमा पर्छ । नेपाल आएको ४ वर्षमा नै ६ हजार यूनिटभन्दा बढी विक्री भइसकेको क्रेटाको नयाँ जेनेरेशन मोडल केहि महिना अघिमात्रै नेपाल आएको थियो ।

एसयूभी सेग्मेन्टमा हुन्डाई क्रेटा भारतीय र नेपाली बजारमा एकछत्र राज गर्न सफल मोडलमा पर्छ । यस्तोमा कम्पनीले सन् २०२१ को दोस्रो क्वाटरसम्ममा क्रेटाको ७ सिटर मोडल बजारमा ल्याउने तयारी गरिरहेको छ । अहिले क्रेटा ५ सिट क्षमतामा उपलब्ध रहेको छ ।

७ सिट क्षमतामा आउने क्रेटा प्रिमियम फिचरले भरिएको हुने अनुमान गरिएको छ । मूल्यको हिसावले पनि ७ सिटर क्रेटा अहिलेको भन्दा महंगो हुने छ । अहिले भारतको विभिन्न क्षेत्रमा परिक्षणको क्रममा देखिएको ७ सिट क्षमताको क्रेटामा फरक किसिमको अगाडिको ग्रिल, फ्याट रुफ, फरक अलोय ह्वील, नयाँ टेलल्याम्प रहने अनुमान गरिएको छ ।

१०.२५ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम, डिजिटल इन्ट्रुमेन्ट क्लष्टर, बोसको साउन्ड सिस्टम, पानारोमिक सनरुफ, भ्यान्टिलेडेड सिट, पावर ड्राइभिङ सिट, एयर प्यूरिफायर, टायर प्रेसर मोनिटरिङ, मल्टीपल एयरव्याग, अगाडि पार्किङ सेन्सर, इलेक्ट्रोनिक्स स्टेवलिटी प्रोग्राम यसमा समावेस हुने अनुमान गरिएको छ ।

नयाँ ७ सिटर क्रेटामा दुई इन्जिन अप्सन उपलब्ध रहने छ । कम्पनीले यसमा १.५ लिटर डिजेल र १.४ लिटर टर्बो पेट्रोल इन्जिन दिने छ । यसमा रहेको डिजेल इन्जिनले ११५ पीएस पावर र २५० एनएम टर्क प्रदान गर्छ भने पेट्रोल इन्जिनले १४० पीएस पावर र २४२ एनएम टर्क प्रदान गर्ने छ ।


Back_to_top