यस्ता कम्पनीको कार किन्नु अघि सावधान रहौँ !

काठमाडौं । अहिले बजारमा आधिकारीक बिक्रेता नियुक्त नभइ गाडी आयात गर्ने गिरोह सक्रिय रहेका छन् । विशेषत विश्वमा नाम चलेका ब्राण्डका कार नेपालको विद्यमान ऐन र कानुनको छिद्र खोतल्दै ल्याउनेहरु बढेका छन् ।

बजारमा टेस्ला, ल्याण्डरोभर, अउडी जस्ता कम्पनीका कारहरु आयात गर्ने गिरोह नै सक्रिय रहेका छन् । उनिहरुले ल्याउने कारको आधिकारीक बिक्री केन्द्रदेखि सर्भिस सेन्टरहरु समेत नेपालमा छैनन् । जसले करोडौं रुपैयाँ खर्च गरेर गाडी किन्ने ग्राहकनै मर्कामा पर्ने निश्चित छ ।

नेपाल सरकारले आर्थिक ऐन मार्फत आधिकारीक बिक्रेता बाहेकका कम्पनीले विदेशबाट गाडी ल्याउन नपाईने व्यवस्था गरेको भएपनि धेरै मानिसले विदेशमा आफ्नो र आफ्ना नजिकको मानिसको नाममा फर्म दर्ता गरेर त्यहिबाट नक्कली काजपत्र तयारीगरि गाडी ल्याउन सुरु गरेका प्रमाणहरु बाहिर आउन थालेका छन् । अघिल्लो वर्ष ल्याण्डरोभर, अउडी र टेस्लाका कार त्यहि बाटोबाट नेपाल आए । ति कार केहि यूनिट बाटोमा चलिरहेका भेटिन्छन् भने केहि यूनिट अहिले पनि भन्सारमा थन्किएको अवस्था छ ।

महंगो मूल्यका यस्ता गाडी अनाधिकृतरुपमा नेपाल प्रवेश गर्दा धेरै रकम बाहिर गइरहेको छ भने गाडी किन्ने ग्राहकले पनि समस्या पर्दा तत्काले सर्भिस, वारेन्टि लगायतका सुविधा पाउन सक्ने अवस्था छैन । त्यसैले महंगो मूल्य तिरेर गाडी किन्ने ग्राहकले यी सबै कुरा बुझ्न जरुरी भएको छ ।

पाटर्सको उपलब्धता नहुने, सर्भिसको सुविधा नहुने, अण्डर विलिङ गरेर गाडी मगाउने र महंगो मूल्यमा बिक्री गर्ने परिपाटीलाई जनस्तरबाटै निरुत्शाहित गर्नु पर्ने अवस्था आएको छ ।

‘राजस्व छलि गर्ने, ग्राहकलाई सेवा नदिने, वारेन्टि पनि नपाउने अवस्था सृजना गरेर केहि व्यक्ति वा कम्पनीले अटो क्षेत्रमा नयाँ विकृति सुरु गरेका छन्’, एक अटो बिक्रेताले मेरोअटोसँग भने ।

यसले नेपालमा महंगा गाडी अण्डर विलिङ गरेर ल्याउने र ग्राहकलाई फसाउने गिरोह सक्रिय रहेको बुझ्न कठिन पर्दैन ।

गाडी किन्दा यी कुरा विचार गरौं

ग्राहकले गाडी किन्दा सम्बन्धी कम्पनीको नेपालमा आधिकारीक बिक्रेता बनेको अवस्था छ वा छैन बुझ्न जरुरी हुन्छ । एउटा गाडीमा हजारौं पाटर्सहरुको प्रयोग गरिएको हुन्छ । यदि गाडीको एउटा मात्रै पाटर्स बिग्रिएको खण्डमा बनाउन आवस्यक पर्ने सर्भिस सेन्टर र मेनपावर छ वा छैन भन्ने राम्रोसँग बुझ्नु पर्छ ।

आधिकारीक बिक्रेता नियुक्त विना गाडी ल्याएर बिक्री गर्ने कम्पनीहरुले बिक्रीपछिका कुनैपनि सेवा दिन नसक्ने भएकाले यस्ता गाडी किन्नुअघि सावधानी अपानाउनु पर्छ ।


Back_to_top