५० हजार डाउन पेमेन्टमै यामाहाका स्कुटर, अतिरिक्त शुल्क नलाग्ने

काठमाडौं । यामाहाले १२५ सीसी क्षमताको एफआई इन्जिन भएको स्कुटरमा नयाँ स्कीम ल्याएको छ । कम्पनीले ५० हजार डाउन पेमेन्ट गरेर नयाँ स्कुटर किन्न सकिने स्कीम ल्याएको हो ।

कम्पनीले यामाहा फसिनो १२५ र रे जेडआर १२५ मा उक्त स्कीम ल्याएको हो । यो अफरमा ग्राहकले ५० हजार रुपैयाँ बुझाएर ३० महिनाको अधिकतम मासिक किस्तामा यो स्कुटर किन्न सक्नेछन् । यसमा ग्राहकले इन्स्योरेन्स तथा अन्य कुनै चार्ज तिनु नपर्ने कम्पनीले जनाएको छ ।

यो योजनमा ग्राहकले एक्सचेन्ज गरेर पनि सहभागी हुन सक्नेछन् । यसमा ग्राहकले कम्तीमा ८ हजार ५०० माकिस किस्ता तिनुपर्ने हुन्छ ।

एक्सचेन्ज मार्फत यो योजनामा सहभागी हुँदा डाउन पेमेन्ट धेरै हुन आएमा कम समयको किस्ता अबधिमा रकम चुक्ता गनु पर्ने हुन्छ ।
यो योजना नेपालभर रहेको यामाहाको आधिकारिक शोरुममा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।

यामाहा फसिनो तथा रे जेडआर दुबैमा १२५ सीसी एफआई बीएस ६ इन्जिन रहेको छ । यी दुबै स्कुटरमा सेग्मेन्ट फष्र्ट फिचर रहेको छन् ।

यामाहाले रे जेडआर १२५ स्ट्रीट र्यालीको मूल्य २ लाख ५४ हजार ९०० रुपैयाँ, रे जेडआर १२५ एफआइको मूल्य २ लाख २९ हजार ९०० रुपैयाँ रहेको छ । त्यस्तै यामाहा फसिनो १२५ एफआइको मूल्य २ लाख ४९ हजार ९०० रुपैयाँ रहेको छ ।


Back_to_top