काठमाडौं । हुन्डाईले आफ्नो सर्वाधिक सफल मोडल क्रेटाको ‘नाइड एडिसन’ ल्याउने भएको छ । कम्पनीले नयाँ एडिसनसँगै एस प्लस भेरियन्ट थप गर्ने र एस भेरियन्टलाई आईएमटी (इन्टेलिजेन्ट म्यानुयल ट्रान्समिसन)मा ल्याउने भएको हो ।
कालो कलर थिममा आउन लागेको नाइट एडिसनको बाहिरी र भित्री सबै भाग कालो कलरमा तयार हुनेछ । कम्पनीले थप गरेर ल्याउन लागेको एसप्लस भेरियन्ट भने १.४ लिटर टर्बो इन्जिनसहितको १.५ लिटर इन्जिनमा पनि उपलब्ध हुनेछ ।
कम्पनीले यसअघि १.४ लिटर टर्बो इन्जिनमा एसएक्स र एसएक्स (ओ) भेरियन्ट मात्रै उपलब्ध गराउँदै आएको थियो ।
कम्पनीले नाइट एडिसन भने १.५ लिटर पेट्रोल र डिजेल इन्जिनमा मात्रै ल्याउने छ । कम्पनीले यसलाई नयाँ ल्याउन लागेको एस प्लस र एसएक्स (ओ) भेरियन्ट उपलब्ध गराउने छ । यी सबै लन्च यही महिना भित्रै हुने अपेक्षा गरिएको छ ।

