काठमाडौं । भारतीय बजारमा उत्पादन भएका तीन ब्राण्डका तीन कम्प्याक्ट एसयूभी बीच ‘विग फाइट’ सुरु भएको छ । यो सेग्मेन्टमा निरन्तर अग्रता कायम गर्दै आएको हुन्डाई क्रेटालाई किया सेल्टोस र मारुती सुजुकीले केही दिनअघि मात्रै बजारमा ल्याएको ग्राण्ड भिटाराले पच्छाएको छ ।
सन् २०१५ को अन्त्यबाट बजारमा एकछत्र राज गर्न सफल हुन्डाई क्रेटा निरन्तर राम्रो विक्री पाउन सफल मोडल हो । हुन्डाईले यसको पहिलो जेनेरेशन मोडलमा सन् २०१८ मा फेसलिफ्ट र २०२० मा नेक्सट जेनेरेशन मोडल बजारमा ल्याएको थियो । कम्पनीले क्रेटाको फेसलिफ्ट मोडल बजारमा ल्याउने तयारी गरिरहेको छ ।
हुन्डाईले अक्टोबर महिनामा ११ हजार ८८० यूनिट क्रेटा विक्री गर्दै सेग्मेन्ट लिडरको रुपमा आफ्नो स्थान सबैभन्दा टपमा सुरक्षीत गरेको हो ।
कियाको भारतमा सन् २०१९ बाट उत्पादन थालेसँगै ल्याएको पहिलो मोडल सेल्टोस निरन्तर हुन्डाई क्रेटालाई पच्छाई रहेको छ । सन् २०२० को केही महिना क्रेटालाई विक्रीमा उछिनेको सेल्टोस त्यसपछि निरन्तर पच्छाई रहेको हो । अक्टोबर २०२२ को विक्रीमा पनि सेल्टोस क्रेटा पछाडि नै छ । कम्पनीले अक्टोबरमा ९ हजार ७७७ यूनिट सेल्टोस विक्री गरेको थियो ।
कम्प्याक्ट सेग्मेन्टमा बढ्दो बजार मागलाई सम्बोधन गर्दै आफ्नो बजार हिस्सलाई जोगाई राख्न मारुती सुजुकीले भारतमा उत्पादन गरेको ग्राण्ड भिटारा पहिलो महिना नै ८ हजार ५२ यूनिट विक्री भएको छ । सबैभन्दा धेरै माइलेज दिने कम्प्याक्ट एसयूभीको रुपमा बजारमा आएसँगै ग्राण्ड भिटाराको चर्चा बढिरहेको थियो । बजारमा चर्चा भएअनुसार नै ग्राण्ड भिटाराले विक्री पाउन सफल भएको हो ।
यी तीन मोडल विक्री हिसावले मुख्य प्रतिस्पर्धी हुन् भने फिचर, डिजाइन र टेक्नोलोजीमा आधारित फाइट पनि निकै चाख लाग्दो देखिन्छ ।

