काठमाडौं । अमेरिकी स्टार्टअप कम्पनीले क्यालीफोर्नियामा स्टाइलिस ‘कर्टिस ज्यूज’ वाइकको डिटेल सार्वजनिक गरेको छ ।
बाइकमा दुइवटा इलेक्ट्रीक मोटर लगाइएको छ । बाइकमा लगाइएको इन्जिनले १ सय २७ किलोग्राम कम्बाइन्ड आटपुट दिने कम्पनीले जनाएको छ । ज्यूज वाइक लुक तथा डिजाइनमा निक्कै उत्कृष्ट देखिएको छ । यो बाइक इलेक्ट्रिक ट्वीन प्लाटफर्ममा निर्माण गरिएको हो ।
यसको उत्पादन बजारमा आउन अझै ढेड बर्ष लाग्ने बताइएको छ । सन् २०२० मा यसलाई विश्वबजारमा पठाउने कम्पनीले जनाएको छ ।
रेट्रो तथा बोल्ड लुक भएको यो मोटसाइकलमा एल्मुनियमको चेसिस रहेको छ । बाइकमा लगाइएको मोटर्सले १ सय ७० विएचपी पावरका साथै ३९३ न्युटन मिटर टर्क उत्पादन गर्छ ।
यसमा १४.४ किलोवाट क्षमताको ब्याट्री प्याक दिइएको छ । यसका साथै कर्टिस ज्यूसमा आइप्याड, टेबलेट माउन्टेड कन्सोल, एलइडी लाइट्स जस्ता विशेषता रहेका छन् ।