काठमाडौं । घर बनाउने, तर घरमा आफ्नो कार वा अन्य सवारीसाधन राख्ने स्थान नहुने समस्या धेरैमा हुने गरेको छ । कतिपयले त्यस्तो स्थान बनाए पनि साँघुरो बनाउँदा धेरै समस्या हुने गरेको छ ।
यसरी सवारीसाधन राख्ने स्थान नबनाउँदा एक त गाडी राख्ने स्थान नै नहुने र बनाएको स्थान साँघुरो बन्दा गाडीहरू कोरिने र आयुसमेत घट्ने गर्छ । नयाँ घरहरूमा ठूला कार तथा गाडी राख्नका लागि आकर्षक ग्यारेज यसरी बनाउन सकिन्छ ।
ग्यारेज बनाउँदा यी कुरा ध्यान
आफ्नो घरमा नयाँ ग्यारेज बनाउँदा तपाईं कुन कारमा किन्दै हुनुहुन्छ र भविष्यमा कस्तो र कतिवटा किन्नुहुन्छ भन्ने विषयमा पहिले नै अध्ययन गर्नुहोस् । सोहीअनुसारको स्पेश पहिले नै तयार गर्दा लामो समयसम्म ग्यारेजको झन्झटबाट मुक्त हुनुहोस् । गाडीको ग्यारेज बनाउँदा एसयूभी, सेडान, ह्याचव्या तथा पीकअपका लागिसमेत हुने गरी तयार पार्नुहोस् ।
घरमै जोडिने ग्यारेज
नयाँ घरमा ग्यारेज बनाउनका लागि घरमै जोडेर पनि बनाउन सकिन्छ भने नजोडिकन छुट्टै पनि बनाउन सकिन्छ । जसको लागि तपाईंको घरमा रहेको खाली स्थानले पनि धेरै कुराहरू निर्धारण गरेको छ । घरमा जोडिएको ग्यारेजले धेरै सुविधा पनि प्रदान गर्छ । विशेषरूपमा चिसो, गर्मी र विभिन्न फेरबदल हुने मौसममा कारलाई सुरक्षित राख्छ । तपाईंले पनि घरमा जोडिने ग्यारेज बनाउनुभयो भने कार सुरक्षितदेखि तपाईंको घरमा खाली स्थानको समेत बचत हुनेछ ।
हेर्दा आकर्षक
ग्यारेज तयार गरिसकेपछि बाहिबाट हेर्दा पनि आकर्षक मोडलहरू छनोट गर्नुहोस् । जसले तपाईंको ग्यारेज छिमेकीले समेत एकपटक हेर्नेछन् । ग्यारेजको प्रवेश द्वारदेखि मोहोडासम्मलाई ख्याल गनुहोस् । सबैभन्दा बढी ध्यान ग्यारेजको ढोकाले तान्ने गर्छ ।
राम्रो प्रवेशद्वार
नयाँ घर निर्माणमा सबैभन्दा चासो प्रवेश द्वारमा दिनुहोस् । त्यसपछि आफ्नो ग्यारेजको प्रवेशमा पनि धेरै मिहिनेत गर्नुहोस्, जसले तपाईंको गाडीलाई सवै हिसाबले सुरक्षित बनाउँछ । कति मानिसहरूले कार राख्ने ग्यारेजभित्र जाने प्रवेशद्वार साँघुरो बनाउँदा गाडीहरू कोरिने तथा बिग्रिने गर्छ । जसबाट खर्च बढ्ने हुन्छ ।
ग्यारेज बनाउन कन्जुस्याईं नगर्नुहोस्
सन् १९७१ मा १८ प्रतिशत नयाँ घरहरूमा अमेरिकामा ग्यारेज हुने गरेका थिए । त्यसको केही वर्ष पनि ३९ प्रतिशत नयाँ घरहरूमा ग्यारेज राखिएका थिए । सन् २००७ सम्ममा अमेरिकामा ६३ प्रतिशत घरमा ग्यारेज रहेका छन् । अझै अहिले १९ प्रतिशत नयाँ घरमा दुईवटा ग्यारेज रहेका छन् । नेपालमा पनि नयाँ घरहरूमा ग्यारेज बनाउने क्रम केही वर्षयता सुरु भएका छन् ।
विज्ञको सल्लाह
तपाईंले ग्यारेज बनाउनुभन्दा पहिले ग्यारेज इञ्जिनियरसँग सल्लाह गर्नुहोस् । जसले तपाईंलाई राम्रो र सुविधासहितका डिजाइनहरूको सुझाव दिनेछन् । तपाईंले ग्यारेज बनाउँदा घरबाट सिधा ९० डिग्रीमा राख्नुहोस् । जसले सडकमा सिधा प्रभाव पर्न सक्छ भने ग्यारेजबाट सडकमा आफ्नो कार निकाल्न सहज हुनेछ ।