काठमाडौं । क्र्यास टेष्टमा टोयोटाको नयाँ एसयुभी रस पास भएको छ । यो एसयुभीलाई एसिएन एनक्यापले ५ स्टार रेटिङ प्रदान गरेको छ । यसअघि पनि बिभिन्न चरणमा भएको टेष्टमा सफल भएको रसलाई एनक्यापले फाइनल रिपोर्ट दिएको हो ।
सबै किसिमका यात्रुको सुरक्षालाई १०० मा रेटिङ गर्दा रसले ८४.०३ अंक प्राप्त गरेको छ ।
६ वटा एयरब्याग दिइएको यो कारमा ईबीडी सहितको एबीएस, स्ट्याबिलिटी कन्ट्रोल र हिल स्टार्ट असिष्ट जस्ता सुरक्षात्मक संयन्त्र दिइएको छ ।
नेपाली बजारमा प्रिबुकिङ खुल्ला गरिएको यो कारको सुरुवाति मूल्य ५९ लाख ९० हजारदेखि ७३ लाख ५० हजारसम्म रहेको छ ।
रसमा १.५ लिटरको फोर सिलिन्डर पेट्रोल इन्जिन दिइएको छ, जसले १०५ एचपी पावर र १४० एनएम टर्क प्रदान गर्छ । यो फाइभ–स्पिड म्यानुअल र फोर–स्पिड अटोमेटिक ट्रान्समिसनमा उपलब्ध छ ।
मिनिमम् रनिङ ग्राउन्ड क्लियरेन्स २२० एमएम रहेको छ भने रक बटम ग्राउन्ड क्लियरेन्स २९० एमएम रहेको छ । यो एसयुभीमा क्रोम स्लट, एलईडी हेडलाइट, एलईडी डीआरएल, चंकी फ्रन्ट बम्पर, एलोइ ह्वील, क्याबिनमा सफ्ट–टच मेटरियल दिएइको छ ।
त्यसैगरी ७ इन्चको टच स्क्रिन इन्फोटेनमेन्ट सिस्टम दिइएको यो कारमा किलेस इन्ट्री, पुस बटन स्टार्ट, यूएसबीपोर्ट लगातका फिचर दिइएको छ । यो कारमा चढ्दा एसयुभीको रिएल मज्जा लिन सकिने अन्तर्राष्ट्रिय मिडियाहरुले समाचार बनाएका छन् ।
योपनी पढ्नुस्ःटोयोटाको क्रेज कायम राख्दै ‘रस’, १५ दिनमा ९० वटा बुकिङ्ग, यस्ताे छ मूल्य