काठमाडौं । कार निर्माता कम्पनी मारुति सुजुकी इन्डियाले २०१८ को फेब्रुअरीमा अल न्यू स्वीफ्ट सार्वजनिक गर्यो । ह्याचब्याक कार सेगमेन्टमा आफ्नो उपस्थिति बलियो बनाउन नयाँ स्वीफ्ट ल्याइएको थियो ।
मारुतीले उक्त कार बजारमा पुनः सार्वजनिक गरेपछि त्यसको माग उल्लेख्य रुपमा बढेको हो । २०१८ को अप्रिलमा मारुतिले २२ हजार ७ सय ७६ वटा स्वीफ्ट बिक्री गरेको थियो भने, गतवर्षको सोहि अवधिमा १९ हजार २ सय ७ वटामात्र बिक्री भएको थियो । २०१८ को अप्रिलमा मारुतीले २१ हजार २ सय ३३ वटा अल्टो बिक्री गरेको हो ।
यसैबीच २०१८ को अप्रिलमा सबैभन्दा धेरै मारुती डिजायर बिक्री भएको छ । यो अवधिमा कम्पनीले भारतीय बजारमा २५ हजार ९ सय ३५ वटा डिजायर बिक्री गरेको छ । अघिल्लो महिना २२ हजार १ सय ९५ वटा डिजायर विकेको थियो ।