बेनेली ‘इम्पेरियल ४००’ आउँदै

काठमाडौं । बेनेली कम्पनीले ४०० सीसी इन्जिन क्षमता भएको ‘इम्पेरियल ४००’ अन्तर्राष्ट्रिय बजारमा ल्याउने तयारी गरेको छ । 

यो बाइकले ४०० सीसी इन्जिन क्षमता रहेको बजाजको डोमिनारसँग प्रतिस्पर्धा गर्ने अनुमान सुरु भएको छ । बेनेली कम्पनीले २०१८ को अन्तिममा इम्पेरियल ४०० सार्वजनिक गर्ने जनाएको छ । 

यो बाइकमा ३७३.५ सीसी इन्जिन क्षमताको एयर कुल्ड, एसओएचसी, सिंगल सिलिन्डर इन्जिन दिइएको छ । यो इन्जिनले ५,५०० आरपीएम पावरमा १९.७ एचपी र ३५०० आरपीएममा २८ एनएम टर्क उत्पादन गर्छ । 

यसमा फ्युल इजेक्टशन इन्जिन ५ स्पिड ट्रान्समिनको विशेषता दिइएको छ । इम्पेरियल ४००मा ट्युबर स्टील, डबल क्रेडल फ्रेम तथा ४१ मिलीमिटरको टेलेस्कोपिक फर्क तथा ट्वीन शक एब्जार्बसजस्ता फिचर दिइएको छ । 

इम्पेरियल ४००ले बजाज डोमिनारसँग प्रतिस्पर्धा गर्ने छ । बजाजको डोमिनारमा ३७३ सीसी क्षमताको सिग्गल सिलिण्डर दिइएको छ । यसमा दिइएको इन्जिनले ३४.५ बिएचपी पावरका साथै ३५ एनएम टर्क उत्पादन गर्छ । डोमिनर बजाजका प्रिमियम तथा पावरफुल बाइक मध्येको हो । 


Back_to_top