काठमाडौं । टेस्ला कम्पनीले नयाँ इलेक्ट्रिक मिनी ट्रक निर्माण गर्ने भएको छ । टेस्ला सेमी ट्रकले एक पटक फुल चार्ज गरेपछि ९६६ किलोमिटर दुरी पार गर्ने कम्पनीले जनाएको छ ।
गत वर्ष टेस्लाले सार्वजनिक गरेको ट्रकले फुल चार्जमा ८ सय ५ किलोमिटर दुरी पार गथ्र्याे । टेस्लाले हाल, यसलाई अपग्रेड गरेको हो ।
टेस्ला सेमी ट्रकले ३६ हजार किलोग्राम तौल बोकेको समयमा ० देखि १०० किलोमिटरको रफ्तार पकड्न २० सेकेण्ड मात्र लगाउने कम्पनीले जनाएको छ ।
टेस्ला सेमी ट्रकमा दुइवटा भेरिएन्ट उपलब्ध रहेको छ । एउटा भोरिएन्टले ९६६ किलोमिटर रेन्ज दिन्छ भने, अर्काे वारियन्टले फुल चार्जमा ४ सय ८३ किलोमिटर दुरी तय गर्छ ।
हाइ रेन्ज भएको टेस्ला ट्रकको मुल्य १ लाख ८० हजार डलर र लोअर साइजको ट्रकको मुल्य भने १ लाख ५० हजार डलर रहेको छ ।
टेस्लाले २०१९ मा ठूलो ट्रक बनाउने जनाएको छ । लङ्ग रेञ्ज तथा क्विक एक्सेलरेशनको साथै ट्रकमा सेमी अटोमेटिक ड्राइभिङ जस्ता विशेषता दिएको छ ।
यसमा फास्ट चार्जिङ क्षमता समेत रहने छ, टेस्लाले ट्रकको चार्जको लागि स्पेशल चार्जर बनाउने जनाएको छ । सो चार्जरले ३० मिनेटमा ६५० किलोमिटरको रेञ्जमा चार्ज गर्नेछ ।

