स्कुटरकै मूल्यमा इलेक्ट्रीक कारः २० प्रतिशत डाउनपेमेन्ट, ८० प्रतिशत फाइनान्स

Not found

काठमाडौं । गत वैशाखबाट नेपाली बजारमा भित्रिएको चीनको दाय ब्रान्डका इलेक्ट्रीक कार २० प्रतिशत डाउन पेमेन्टमै पाइने भएको छ । मोटरसाइकल वा स्कुटरको मूल्य बराबरको डाउनपेमेन्टमा बिक्री भइरहेको दाय इभीले छोटो समयमा राम्रो बजार बिस्तार गरिरहेको छ । नेपाली बजारका लागि दाय ब्राण्डको आधिकारीक वितकर दिगो ग्रुप अन्तर्गतको फ्युचर ड्रिम इनर्जि प्राइभेट लिमिटेडले दाय इभी कारको बिक्री गरिरहेको छ ।

कम्पनीका प्रवन्ध निर्देशक नवराज पौडेलले वैशाखदेखि हालसम्म २४ वटा कार नेपाल भित्रिएका छन् । ‘बुकिङ गर्ने ग्राहकको संख्या उल्लेख्य छ । हामीले हालसम्म सात वटा कार ग्राहकलाई ह्यान्डओभर गरिसकेका छौैं । बाँकी कार ह्यान्डओभर हुने क्रममा रहेको छ,’ पौडेलले भने । 

हाल डिलरबाट एक सयभन्दा बढी कार बुकिङ भइसकेको बताउँदै उनले तुलनात्मक रुपमा लिथियम आयन ब्याट्रीयुक्त मोडल बुकिङ गर्ने ग्राहकको संख्या बढी भएको जानकारी दिए । बुकिङ गरेको गाडी बढीमा ७५ दिनभित्र आयात गरि ग्राहकलाई हस्तान्तरण गर्ने योजना बनाएको छ । 


दाय ३५० इभी लिड एसिड ब्याट्री र दाय ३५० एलइभी लिथियम आयन ब्याट्रीका साथ बिक्री भइरहको छ । लिड एसिड ब्याट्री जडित कारको सुरुवाती मूल्य १४ लाख ९० हजार रुपैयाँ तोकिएको छ भने, लिथियम आयन ब्याट्रीयुक्त मोडलको मूल्य १८ लाख २५ हजार रुपैयाँ तोकिएको छ ।

२० प्रतिशत डाउनपेमेन्ट, ८० प्रतिशत फाइनान्स

नेपालमा पेट्रोलीयम पदार्थबाट चल्ने नीजी सवारी साधनमा बैक तथा फाइनान्सले ५० प्रतिशत मात्र फाइनान्स गर्ने सुबिधा रहेको छ तर दिगो ग्रुपले आफ्नो इलेक्ट्रीक कारलाई मात्र २० प्रतिशत डाउनपेमेन्टमा उपलब्ध गराईरहेको छ । बाकी ८० प्रतिशत क वर्गका बैकहरुले फाइनान्स सुविधा उपलब्द गराएका छन् । प्रबन्ध निर्देशक पौडेल ग्राहकलाई मोटरसाइकलकै मूल्यमा कार चढ्ने अवसर प्रदान गरेको बताउछन् । 

‘ग्राहकले मोटरसाइकल खरिद गर्ने मूल्य बराबर डाउनपेमेन्ट गर्दा कार चढ्ने मौका पाएका छन् । यो भन्दा राम्रो अवसर के होला ? हामीले पेट्रोल, डिजेल गाडीको भन्दा कम ब्याजरमा गाडी बिक्री गरेका छाैं,’ उनले भने । कार खरिद गर्दा सुरुवातमा २ लाख ९८ हजारदेखि  ३ लाख ४० हजारसम्म डाउनपेमेन्ट गर्नुपर्ने हुन्छ ।

तीन बैंकबाट फाइनान्स सुविधा

गु्रपले कारको फाइनान्सिङका लागि ग्लोबल आईएमई, एनएमबी बैंक र हिमालयन बैंकसँग सहकार्य गरेको छ । ग्लोबल बैंकले ९.४४ प्रतिशत ब्याजदरमा, एनएमबीले १०.४४ प्रतिशत र हिमालयन बैंक लिमीटेडले अन्य दुई बैंकले प्रदान गरेको जस्तै ब्याजदरमा ऋण उपलब्ध गराउँदै आएको छ । फाइनान्स सुविधा अधिकतम सात वर्षका लागि गरिने पौडेल बताउँछन् ।


वारेन्टी ग्यारेन्टी

कम्पनीले लिथियम ब्याट्रीयुक्त मोडलको मेकानिकल पार्टमा  कम्तीमा एक वर्षको वारेन्टी प्रदान गरेको छ भने ब्याट्रीमा तीन वर्षको वारेन्टी दिँदै आएको छ । अब, आउने मोडलको ब्याट्रीमा भने पाँच वर्षसम्मको वारेन्टी प्रदान गर्ने कम्पनीले जनाएको छ । 

यस्तै, लिड एसिड ब्याट्री युक्त मोडलको ब्याट्रीमा न्युनतम १ वर्ष ६ महिना र मेकानिकल पार्टमा १ वर्षको वारेन्टी प्रदान गर्दै आएको छ ।

विशेषता

लिड एसिड ब्याट्री र लिथियम आयन ब्याट्रीका साथ आएको यी कारहरुले एक पटकको फुल चार्जमा १ सय देखि १ सय ५० किलोमिटरसम्म माइलेज प्रदान गर्ने कम्पनीले जनाएको छ । यस कारको अधिकतम गति ६० किलोमिटर प्रतिघन्टा रहेको छ । यसको सञ्चालन खर्च मात्र १ रुपैया २५ पैसा प्रतिकिलोमिटर हुने कम्पनीले दाबी गरेको छ । यसमा दश किलोवाट पिक आवरको मोटर प्रयोग गरिएको कम्पनीले जानकारी दिएको छ ।

यसमा दिइएको ब्याट्रीहरु चार्ज गर्न ४ देखि १० घन्टासम्म लाग्ने कम्पनीले जनाएको छ । जसमा लिड एसिड ब्याट्रीलाई घरमा सामान्य एसी चार्जरबाट चार्ज गर्दा  ८ देखि  १० घन्टा लाग्नेछ भने, लिथियम आयन ब्याट्री चार्ज गर्न ४ देखि ५ घन्टा लाग्नछ । गाडीमा मनोरञ्जनका लागि इन्फोटेनमेन्ट सिस्टमको व्यवस्था रहेको छ ।



image not found