काठमाडौं । टाटा मोटर्सको आधिकारीक वितरक सिप्रदी ट्रेडिङले टाटा नेक्सन किन्ने ग्राहकलाई ३ लाखसम्म छुट दिने जनाएको छ । कम्पनीले नेक्सनको भेरियन्ट अनुसार छुट प्रदान गर्ने भएको हो ।
कम्पनीले दिने उक्त छुट नगद छुट हुने छ । जुन तोकिएको मूल्यमा घटाएर ग्राहकले नेक्सन सब फोर मिटर एसयूभी किन्न सक्ने छन् ।
अहिले टाटा नेक्सनको मूल्य ३५ लाख ५५ हजारबाटै सुरु हुन्छ । कम्पनीले बिक्री गर्दै आएको नेक्सन एक्सई भेरियन्टको सुरुवाती भेरियन्ट हो ।
त्यस्तै कम्पनीले बिक्री गर्दै आएको डिजेल इन्जिन युक्त नेक्सन एक्सजेडए प्लस भेरियन्टको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ रहेको छ । सिप्रदी ट्रेडिङले विभिन्न १२ भेरियन्टमा नेक्सन बिक्री गर्दै आएको छ ।
यसको साथै, कम्पनीले नेक्सन किन्ने ग्राहकलाई एक वर्षको सवारी दस्तुर र एक्स्चेन्जमा आउनेहरुलाई ५० हजारसम्मको एक्सचेन्ज बोनस दिइरहेको छ ।
नेक्समा यस्ता छन् मुख्य फिचर
टाटा नेक्सनमा १.२ लिटर टर्बो इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम ५५०० आरपीएममा १०८ बीएच पावर र १७५० आरपीएममा १७० एनएम टर्क प्रदान गर्ने छ ।
नेक्सनमा ६ स्पीड म्यानुयल गियरबक्स रहेको छ । यसमा कम्पनीले तीनवटा ड्राइभिङ मोड समेत प्रदान गरेको छ । चालकले सडकको अवस्था अनुसार ड्राइभिङ मोड छनोट गर्न सक्ने छन् ।
टाटा नेक्सनको लम्बाई ३९९३ एमएम, चौडाई १८११ एमएम र उचाई १६०६ एमएम रहेको छ । यसमा ह्वीलवेस भने २४९८ एमएमको रहेको छ । थप जानकारी लिन यहाँ क्लिक गर्नुहोला ।

