काठमाडौं । अब ३ लाख ९९ हजार रुपैयाँ डाउन पेमेन्टमा दायुन ह्याचब्याक ईभी किन्न सकिने भएको छ ।
नेपालका लागि दायुन ईभीको आधिकारिक बिक्रेता सीजी मोटर्सले सीमित अवधिका लागि ल्याएको विशेष अफरमा उक्त सुविधा पाइने भएको हो ।
दायुन ईभीको बिक्री मूल्य ३१ लाख रुपैयाँ रहेको छ । हालको व्यवस्था अनुसार कुनै पनि सवारी साधन खरिद गर्दा कम्तीमा ४० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्दछ ।
सो अनुसार दायुन ईभी किन्न ग्राहकले कम्तीमा १२ लाख ४० हजार रुपैयाँ डाउन पेमेन्ट गर्नुपर्थ्यो । तर, सीजी मोटर्सले सीमित अवधिका लागि जम्मा ४ लाख रुपैयाँ डाउन पेमेन्टमै दायुन ईभी उपलब्ध गराउने भएको हो । डाउन पेपेन्टका लागि बाँकी आवश्यक रकम कम्पनीले नै व्यवस्था गरिदिने भएको हो ।
साथै, कम्पनीले ग्राहकलाई थप आधादर्जन सुविधा उपलब्ध गराएको छ । दायुन ईभीमा ग्राहकले आकर्षक एक्सचेन्ज बोनस, नगद छुट, निःशुल्क एक्सेसरिज, निःशुल्क ३.३ किलोवाटको होम चार्जर, एक वर्षको सडक कर र अटो प्लस बीमा कभरेज पाउने छन् ।

यसमा ३५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ । उक्त मोटरलाई इनर्जी दिन ३०.६६ किलोवाट आवरको ब्याट्री दिइएको छ । यसले एकपटकको फुलचार्जमा ३०० किलोमिटर रेन्ज दिने कम्पनीको दाबी ।
दायुनको कम्प्याक्ट कारको मुख्य विशेषता ग्राउण्ड क्लियरेन्स हो । यसमा २०१ एमएम अग्लो ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ ।
यसमा ७ इन्चको इन्सट्रुमेन्ट क्लस्टर, किलेश इन्ट्री, टाएर प्रेशर मनिटरिङ सिस्टम, एयरब्याग, ईबीडी सहितको एबीएस, हिल स्टार्ट एसीस्ट कन्ट्रोल, अटोमेटिक हेडल्याम्प, वन टच विन्डो, पार्किङ रेडार र क्रुज कन्ट्रोल जस्ता फिचर्स छन् । साथै, यसमा सेग्मेन्टकै उत्कृष्ट फुल इन्डिपेन्डेन्ट सस्पेन्स छन् ।
दायुन ईभीमा प्रिमियम तथा सेग्मेन्ट लिडिङ जीबीटी चार्जिङ सिस्टम जडान गरिएको छ । सीजीले आफ्नो चार्जिङ नेटवर्कको भरपुर प्रयोग गर्न जीबीटी चार्जर हालेर ल्याएको हो ।
देशभर सीजीका २६० भन्दा बढी फास्ट चार्जिङ स्टेशनहरू छन् । जहाँ ग्राहकले सहज रूपमा छिटो र भरपर्दो चार्जिङ सुविधा उपभोग गर्न पाउँछन् ।

