तयार भयो एमजी ‘म्याजेस्टर’, फेब्रुअरी १२ मा सार्वजनिक हुँदै

काठमाडौं । एमजी इन्डियाले उत्पादन गरेको फ्यागशिप फुलसाइज एसयूभी म्याजेस्टर तयार भएको छ । कम्पनीले प्रिमियम सेग्मेन्टमा उतार्न लागेको म्याजेस्टर पहिलो पटक दिल्लीमा भएको ‘अटो एक्स्पो २०२५’मा देखाएको थियो ।

अगाडि विशाल ठूलो ग्लसी ब्ल्याक कलरको ग्रिल प्रयोग भएको म्याजेस्टरको पछाडि दुई वटा ‘एग्जस्ट पाइप’ प्रयोग गरिएको छ । एमजीले म्याक्सस डी-९० मा आधारित रहेर तयार पारेको म्याजेस्टरले ठूला गाडी चाहनेहरूको आवश्यकता पूरा गर्नेछ ।

नयाँ एसयूभीको ग्रिलको दुवै छेउमा ठाडो आकारमा दिइएको एलईडी हेडलाइट पाउन सकिन्छ । हेडलाइटको माथि आइब्रो डिजाइनमा स्लीक एलईडी डे टाइम रनिङ लाइट प्रयोग भएको छ । अगाडिको बम्परको तल्लो भाग निकै रग्ड डिजाइनमा देखिने कालो बडी क्लाडिङ दिइएको छ ।

ड्यूल टोनमा तयार भएको १९ इन्चको ह्वील प्रयोग गरिएको म्याजेस्टरको पछाडि कनेक्टेड एलईडी टेल लाइट पाउन सकिन्छ । पछाडिको बम्परको तल्लो भागमा सिल्भर कलरको स्कीड प्लेट दिइएको छ ।

एमजी म्याजेस्टर एसयूभीको क्याबिन पनि निकै फिचर लोडेड हुने अनुमान गरिएको छ । कम्पनीले यसको ड्यासबोर्डमा १२.३ इन्चको फ्लोटिङ टच स्क्रीन, १२.३ इन्चकै इनफर्मेशन डिस्प्ले र थ्री स्पोक स्टेरिङ ह्वील रहने छ ।

कम्पनीले यसमा थ्री जोन क्लाइमेट कन्ट्रोल, १२ स्पीकर सहितको साउन्ड सिस्टम, हिटेड तथा भ्यान्टिलेटेड सिटहरू, मसाज सिट दिएको छ ।

२.० लिटर टुइन टर्बो इन्जिनमा आउने म्याजेस्टर एसयूभीको पीक पवार २१६ पीएस र टर्क ४९७ न्यूटन मिटर रहनेछ । यसमा ८ स्पीड टर्क कन्भर्टर अटोमेटिक गियरबक्स उपलब्ध हुनेछ । यो फोर ह्वील ड्राइभ एसयूभी हो ।


Back_to_top