ललितपुरमा खुल्यो ट्रायम्फको नयाँ थ्रीएस शोरुम

काठमाडौं । ट्रायम्फ मोटरसाइकल्स नेपालले ललितपुरमा थ्रीएस सुविधासहित (बिक्री, सेवा र स्पेयर पाट्र्स)को अत्याधुनिक शोरुम संचालनमा ल्षएको छ।

कम्पनीले काठमाडौं उपत्यकाभित्र आफ्नो उपस्थितिलाई थप सुदृढ बनाउँदै नयाँ शोरुम संचालनमा ल्याएको हो ।

उक्त नयाँ शोरुमको संचालन बाइकर डिपो प्रालिले गर्नेछ । नयाँ शोरुममा हाल सर्भिस र स्पेयर पार्टसको पूर्ण सेवा सुरू भइसकेको छ भने चाँडै बिक्री सेवा पनि सुरू गर्ने कम्पनीले जनाएको छ ।

कम्पनीले नयाँ शोरुमको सर्भिस सेन्टरमा अत्याधुनिक पूर्वाधार, मोटरसाइकल मर्मतका लागि व्यवस्थित क्षेत्र (वर्क वे), कम्पनीद्वारा स्वीकृत उपकरणहरू राखेको छ । यहाँ गरिने सम्पूर्ण मर्मत तथा प्राविधिक जाँच कार्य प्रशिक्षित प्राविधिकहरूद्वारा विश्वव्यापी सर्भिस मापदण्ड अनुसार गरिने छ । यसले प्रक्रियामा एक्युरेसी, रिलायबिलिटी र कन्सिस्टेन्सी सुनिश्चित गर्ने कम्पनीको भनाइ छ ।

साथै, ग्राहकले जेनुइन ट्रायम्फ स्पेयर पाट्र्स सहज रूपमा पाउने छन् । जसले मोटरसाइकलको उत्कृष्ट पर्फमेन्स, सुरक्षा र दीर्घकालीन विश्वसनीयता सुनिश्चित कायम रहन्छ। यसले ग्राहकहरूलाई आफ्नो मोटरसाइकल उचित मापदण्डअनुसार नै मर्मत भइरहेको छ भन्ने विश्वास दिलाउँछ।


Back_to_top