काठमाडौं । टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले सुदूरपश्चिमका ग्राहकलाई लक्षित गरी धनगढीमा तीन दिने ‘माघी एक्सचेन्ज उत्सव’ सुरू गरेको छ ।
उक्त एक्सचेन्ज क्याम्प माघ १ देखि ३ गतेसम्म धनगढीको बोराडाडीस्थित जीएआरएस ट्रेडिङमा संचालन भइरहेको हो ।
उत्सवमा ग्राकहले टाटाका टियागो ईभी, कर्भ ईभी, नेक्सन के३ ईभी र पन्च ईभी लगायतका अत्याधुनिक मोडलहरू प्रदर्शन र परीक्षणका लागि राखिएका छन् ।
यो उत्सव ग्राहकले जुनसुकै ब्राण्डको पुरानो गाडी साटेर नयाँ सवारी चढ्ने विशेष मौका रहेको कम्पनीको भनाइ छ ।
उत्सवमा ग्राहकले आकर्षक एक्सचेन्ज बोनस, एक्सेसरिज, सिप्रदीको चार्जिङ नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ, निःशुल्क चार्जिङ बक्स (जडान सहित), निःशुल्क एभीटीसहित हरेक बुकिङमा आकर्षक उपहार पनि पाउने छन् ।
ग्राहकले जीएआरएस ट्रेडिङमा गएर टाटा मोटर्सले नयाँ अत्याधुनिक डिजाइनका गाडीहरू अवलोकन र टेष्ट ड्राइभ गर्न सक्ने छन् ।

