दीपल एस-०७ को अप्सन लीपमोटर सी-१० हो ?

काठमाडौं । दीपल एस-०७ सन् २०२४ को मार्चमा बिक्री सुरू भएदेखि नै बिक्री र चर्चा दुवै पाउन सफल मोडल हो । चिनियाँ पुरोनो अटोमोबाइल कम्पनी चांगानको न्यू इनर्जी भेहिकल ब्राण्ड दीपलले २०२५ अगष्टमा एस-०७ को आईसीए भेरियन्ट पनि नेपालमा ल्यायो ।

आईसीए भेरियन्टमा पुरानो मोडलमा रहेको ६६.८ किलोवाट आवर क्षमताको एनएमसी ब्याट्रीको सट्टा ६८.८ किलोवाट अवारको एलएफपी ब्याट्री दिएको छ । ब्याट्रीको केमस्ट्री परिवर्तन पछि २ किलोवाट आवर साइज बढाएर समान ४१० किलोमिटर डब्लूएलटीपी रेन्ज आउने बनाइएको छ ।

दीपल एस-०७ लाई सिधा टक्कर दिने गरी एउटै साइजमा आएको लिपमोटर सी-१० एसयूभीको चर्चा तुलनात्मक रूपमा कम भएको सुनिन्छ । ठूलो साइज र अग्लो हाइटमा तयार भएको सी-१० एसयूभी कहिल्यै पूरानो नलाग्ने डिजाइनमा बनेको छ ।

अग्लो साइज भएकाले यसको क्याबिनमा प्रशस्त स्पेश पाउन सकिन्छ । चीनमा बनेको भएता पनि युरोपियन अटोमोबाइल ग्रुप स्टेलान्टिसको लगानी रहेकाले लीपमोटरको सी-१० एसयूभी युरोपियन स्ट्याण्डर्डको कम्फर्ट र फिचरले भरिएको छ ।

लीपमोटर सी-१० मा १६० किलोवाट क्षमताको रियर ह्वील ड्राइभ मोटर रहेकोले पावरको कुनै समस्या छैन । अन्य प्राक्टिकल फिचरको लामो लिस्ट दुवै एसयूभीमा छन् ।

दुवै एसयूभी ४.७ मिटरभन्दा लामो साइजमा उपलब्ध भएको कारण प्रतिस्पर्धा हुने नै भयो । साइज सहितका प्रतिस्पर्धाको बारेमा हामीले तल चर्चा गरेका छौं ।

साइजमा फरक

दीपल एस-०७ को लम्बाइ ४७५० एमएम, चौडाइ १९३० एमएम र उचाइ १६२५ एमएम छ । यसमा ह्वीलबेस २९०० एमएम लामो छ भने २० इन्चको ह्वील प्रयोग गरिएको छ ।

दीपलले क्रसओभर एसयूभीको ग्राउण्ड क्लियरेन्स १७५ एमएम दिएको छ । एस-०७ मा ४७५ लिटरको बुटस्पेश र १२५ लिटरको फ्रङ्क स्पेश दिइएको छ ।

लीपमोटर सी-१० एसयूभीको लम्बाइ ४७३९ एमएम, चौडाइ १९०० एमएम र उचाइ १६८० एमएम छ । यसमा २८२५ एमएम लामो ह्वीलबेस पाउन सकिन्छ । यसमा पनि २० इन्चको ह्वील नै छ । ग्राउण्ड क्लियरेन्स भने सी-१० एसयूभीमा १९० एमएम अग्लो छ । यसमा ४३५ लिटरको बुटस्पेश र १२५ लिटरको फ्रङ्क स्पेश छ ।

मोटर र ब्याट्री साइज

लीपमोटरले सी-१० एसयूभीमा १६० किलोवाटकोे रियर ह्वील ड्राइभ मोटर दिएको छ । उक्त मोटरले ३२० न्युटन मिटर पीकटर्क जेनेरेट गर्छ । सी-१० एसयूभीको टप स्पीड १७० किलोमिटर प्रतिघण्टा छ ।

लीपमोटरले यसमा ६९.९ किलोवाट आवरको एलएफपी ब्याट्री दिएको छ । उक्त ब्याट्रीलाई फुल चार्ज गर्दा ४२० किलोमिटर गुडाउन सकिने डब्लूएलटीपी टेस्टले देखाएको छ ।

डीसी फास्ट चार्जरले ३० मिनेटमै ३० बाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिने एसयूभीमा भेहिलक टु लोड सुविधा पाउन सकिन्छ ।

एउटै सेग्मेन्टमा प्रतिस्पर्धा भएपनि एस-०७ मा ९९ किलोवाटको रियर ह्वील ड्राइभ मोटर छ । उक्त मोटरले ३२० न्युटन मिटर टर्क जेनेरेट गर्छ । दीपलको एस-०७ मा सन् २०२५ मोडलमा ६८.८ किलोवाटको एलएफपी ब्याट्री छ ।

सिंगल चार्जमा ४१० किलोमिटर रेन्ज दिने डब्लूएलटीपी परीक्षणले देखाएको छ । दीपल एस-०७ को ब्याट्रीलाई डीसी फास्ट चार्जरले मात्र ३५ मिनेटमा ३० बाट ८० प्रतिशत चार्ज गर्न सकिन्छ । यसमा पनि भेहिकल टु लोड सुविधा उपलब्ध छ ।

क्याबिन फिचर

दीपलले ड्यासबोर्डमा सिंगल १५.६ इन्चको सनफ्लावर टचस्क्रीन दिएको छ । यसमा ड्राइभर इन्फर्मेसनको लागि एयर नेभिगेसन सहितको हेडअप डिस्प्ले दिएको छ ।

म्युजिकमा उत्कृष्ट बनाउन ड्राइभर सिटसहित १४ वटा सोनीको स्पीकर दिएको छ । पानारोमिक सनरुफ, वायरलेस चार्जर, एम्बियन्ट लाइट, वायरलेस एप्पल कारप्ले, जेस्चर रिकग्निसन, स्मार्ट की, भोइस कन्ट्रोल, रियर टचस्क्रीन एसी कन्ट्रोल, थ्रीजोन क्लाइमेट कन्ट्रोल जस्ता फिचरले एस-०७ लाई फिचर लोडेड बनाएको छ । भेन्टिलेटेड सिट, लम्बार सपोर्ट, ड्राइभर सिट मेमोरी एण्ड वेलकम फङ्सनको कारण युवाहरूको ध्यान एस-०७ ले खिचेको हो ।

लीपमोटरको सी-१० एसयूभीमा ओएस ४.० इन्टेलिजेन्ट ककपिट, १४.६ इन्चको सेन्टर टचस्क्रीन डिस्प्ले, १०.२५ इन्चको इन्स्टु«मेन्टल क्लस्टर दिइएको छ । यसका अलवा वायरलेस चार्जर,  १२ वटा स्पीकर सहितको प्रिमियम साउण्ड सिस्टम, हिटेड स्टेरिङ ह्वील, ड्युलजोन एसी, मेमोरी र वेलकम फङ्सन सहितको सिक्सवे पावर एड्जस्टमेन्ट ड्राइभर सिट सी-१० को बलियो पक्ष हो ।

हिटेड र भेन्टिलेटेड फ्रन्ट सिट, एम्बियन्ट लाइट, पानारोमिक सनरुफ जस्ता फिचरले सी-१० एसयूभीलाई निकै प्राक्टिकल बनाएको छ ।

सुरक्षा फिचर

लीपमोटर सी-१० ले चीनसँगै र युरो एनक्यापले गरेको क्रयास टेस्टमा ५ स्टार रेटिङ पाएको छ । उक्त एसयूभीमा ६ वटा एयरब्याग, डबल प्रिटेन्सन र फोर्स लिमिट सहितको सिटबेल्ट, हिल असिस्ट, अटो होल्ड, ३६० डिग्री क्यामरा, मल्टिलिङ्क रियर सस्पेन्सन, स्टेरिङ मोड र १९ वटा फङ्सन सहितको इन्टेलिजेन्ट ड्राइभर असिस्ट सिस्टम दिएको छ ।

सी-१० एसयूभीमा ४२५०० न्यूटन मिटरको टोर्सियोनल प्लस २००० एमपीए हाइ स्ट्रेन्थ स्टीलको प्रयोग भएको छ ।

दीपल एस-०७ ले युरो एनक्याप र अष्ट्रेलियन एनक्यापको क्रयास टेस्टमा ५ स्टार रेटिङ पाएको छ । यो एसयूभीमा ६ वटा एयरब्याग, ३६० डिग्री क्यामरा, हिल असिस्ट, अटो होल्ड, ड्राइभ भिडीयो रेकर्डर, मल्टिलिङ्क रियर सस्पेन्सन लगायतका फिचर छन् । यसमा लेभल २ इन्टेलिजेन्ट ड्राइभर असिस्ट सिस्टम (एडास) छ ।

मूल्य

समान साइज भएका दुवै इलेक्ट्रीक एसयूभीको मूल्यमा भने फरक छ । दीपल एस-०७ को मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री हुँदै आएको छ । जबकि लीपमोटर सी-१० एसयूभीको मूल्य ७२ लाख रुपैयाँ तोकिएको छ ।

निष्कर्ष

यी दुई एसयूभीमा फेन्सी लुक्स भएको टेक्नोलोजी प्याक ईभी खरिद गर्नेको लागि दीपल एस-०७ सही निर्णय हुन सक्छ । पर्फमेन्समा केन्द्रित गाडी खोज्ने र सडकमा निकै प्राक्टिकल गाडी किन्नु पर्छ भन्नेको लागि सी-१० रोज्दा राम्रो हुन्छ ।

सी-१० एसयूभीको मूल्य पनि ३ लाख रुपैयाँ कम भएकाले ‘भ्यालु फर मनी’ सोच्ने ग्राहकको छनोटमा पनि पर्ने देखिन्छ ।


Back_to_top