चिनियाँ कारमा डीपसिकको प्रयोग गर्न हानथाप

एजेन्सी । चिनियाँ आर्टिफिसियल इन्टेलिजेन्ट (एआई) डीपसिक अहिले विश्वभर चर्चामा छ । धेरैले चिनियाँ स्टार्टअप कम्पनीको सफलतालाई सकारात्मक हिसावले लिएका छन् । तर, केही देशहरुले विभिन्न कारण देखाउँदै यसलाई प्रतिबन्ध पनि लगाएका छन् ।

गत हप्ता दक्षिण कोरिया र अष्ट्रेलिया लगायतका देशले यसमा प्रतिबन्ध लगाए । उनिहरुको प्रतिबन्ध आम प्रयोगकर्तालाई नभएर सरकारी एजेन्सीमा काम गर्नेका लागि थियो । अमेरिकी स्टक मार्केटमा नै हलचल पैदा गराएको डीपसिक अब चिनियाँ अटोमोवाइल कम्पनीहरुको रोजाईमा पर्न थालेको छ ।

सन् २०२३ मा स्थापना भएको स्टार्टअप कम्पनी डीपसिकले दुई वर्षभन्दा छोटो समयमा अमेरिकी एआई कम्पनी च्याट जीपीटीलाई हल्लाएसँगै जिली मोटर ग्रुपले डीपसिकको प्रयोग आफ्ना कारहरुमा गर्ने घोषणा गरेको थियो ।

जिलीपछि अन्य ब्राण्डले पनि धमाधम डीपसिकको प्रयोग थाल्ने घोषणा गरेका हुन् । जसमा डोङफेङ ग्रुप अन्तर्गतका ब्राण्ड भोय, वारियर, फरथिङ र नामीमा डीपसिकको प्रयोग गर्ने जनाएको छ ।

त्यसैगरी चांगान, लीपमोटर, आइएम मोटर्स, बाओजुन, जीएसी र जीडब्लूएमले पनि डीपसिकको प्रयोग गर्ने घोषणा गरेका हुन् । यी सबै कम्पनीले चाँडै नेचुरल भ्वाइस इन्ट्रीगेसन, मल्टी राउन्ट कन्भर्सेसन, चालकलाई चिन्ने जस्ता कुराहरु डीपसिकमा सुधार गर्न आग्रह गरेका छन् ।


Back_to_top