बीवाइडी र डेम्लर एजीको पहिलो एमपीभी, रेन्ज ७०० किमि

काठमाडौं । चिनियाँ न्यू इनर्जी भेहिकल उत्पादक बविाइडी र जर्मन ब्राण्ड डेम्लर एजीको संयुक्त लगानीमा पहिलो लग्जरी एमपीभी ‘डी-९’ को तस्विर सार्वजनिक भएको छ । ‘डेन्जा’ कम्पनीले यो एमपीभी भोलिबाट सुरु हुने छेन्दु मोटर शोमा सार्वजनिक गर्नेछ ।

कम्पनीले देखाएको पहिलो ब्यवसायीक विज्ञापनको भिडियोमा ‘डी-९’ निकै आकर्षक देखिएको छ । साँघुरो डिजाइनको हेडल्याम्प, फुल एलइडी स्ट्रीप सहितको डे टाइम रनिङ लाइट, पछाडि निकै फराकिलो सी आकारको लाइटबार तस्विरमा देखिन्छ ।

कम्पनीले यसलाई ‘डेन्जा डी-९’ नामबाट बजारमा ल्याउने अनुमान सुरु भएको छ । यसको उत्पादन भने आगामी नोभेम्बरबाट हुने बताइएको छ । कम्पनीले यसमा ९५ किलोवाट आवरको सिटीबी ब्याट्री प्रदान गरेको छ । दुई चर्चित ब्राण्ड मिलेर बनेको कम्पनीले यसलाई हाइब्रिड र प्योर इलेक्ट्रीक दुबै अप्सनमा बजारमा ल्याउने छ ।

हाइब्रिड र प्योर ईभीको अगाडिको फेसिका डिजाइन भने फरक फरक हुनेछ । यो नयाँ एमपीभीको विषयमा कम्पनीले धेरै जानकारी भोलि दिने जनाएको छ । यसलाई एक पटकको फुल चार्जमा ७०० किमिसम्म चलाउन सकिने बताइए पनि पावर, मोटर, इन्टेरियर फिचर आदिको विषयमा कुनै जानकारी प्राप्त भएको छैन ।


Back_to_top