भोलिबाट विक्री सुरु हुँदै डिएफएसके ग्लोरी आई-अटो

काठमाडौं । डिएफएसकेको तेस्रो मोडलको रुपमा ग्लोरी आई-अटोको भोलिबाट नेपालमा विक्री सुरु हुने भएको छ । यसअघि ग्लोरी सिरिजका ५६० र ५८० एसयूभी विक्री हुँदै आएकोमा ग्लोरी आई-अटो थप भएको हो ।

७ सिट क्षमताको आई अटो इन्टेलीजेन्ट एसयूभी हो । यसमा आईटक नामको एस भ्वाइस कमाण्डको विशेषता दिइएको छ । आईटकको सहायताले मूख्यत फोन, मिडिया कमाण्ड, कार कन्ट्रोल, भाइस नेभिगेसन, कनेन्टिभिटी फिचर चलाउन सकिन्छ ।

१८ इन्चको अलोय ह्वील, सबै एलइडी लाइट, दुई एग्जस्ट पाइप, पानारोमिक सनरुफ तथा रुफरेल पाउन सकिन्छ । यसक अलावा किलेस इन्ट्री, अटो फोल्ड ओआरभीएम, रेन सेन्सिङ वाइपर जस्ता फिचर दिइएको छ ।

एसयूभीमा सुरक्षाको लागि अगाडि ४ एयरव्याग, ग्लोवल एनक्याप क्र्यास टेष्टमा ५ स्टार रेटिङ, इलेक्ट्रिक स्टेबीलीटी प्रोग्राम (इएसपी) ब्रेकिङ सिस्टम, एबीएस, इबीडी तथा इबीए हिल होल्ड कन्ट्रोल, ३६० डिग्री क्यामरा र रियर पार्किङ सेन्सर जस्ता फिचर दिइएको छ ।

चालकलाई सहजता प्रदान गर्न क्रुज कन्ट्रोल, अटो एसी, क्लाइमेट कन्ट्रोल, ९ इन्चको इन्फोटेन्मेन्ट सिस्टम, ड्यासबोर्डमा सफ्ट टच मेटेरियल, उड एक्सेन्टेड मेटेरियल, लेदर सिट कभर, सिक्सवे एट्जस्टेबल ड्राइभर सिट दिइएको छ ।

ग्लोरी आई-स्मार्टमा १.५ लिटर टर्बो चार्ज्ड पेट्रोल इन्जिन दिइएको छ । उक्त इन्जिनले अधिकतम १५० पीएस पावर तथा २२० एनएम टर्क उत्पादन गर्ने क्षमता राख्छ । यसको मूल्य ९० लाख हाराहारी पर्ने अनुमान गरिएको छ ।


Back_to_top