काठमाडौं । कुजु नेपाल प्रालिले डीएफएसकेको नयाँ शोरुम चितवनको भरतपुरमा संचालनमा ल्याएको छ । कम्पनीले स्थानीय ग्रिन मोटर्स प्रालिलाई चितवनको डिलर नियुक्त गरेको थियो ।
भरतपुर एयरपोर्ट गेट नजिकै रहेको अत्याधुनिक शोरुमबाट चितवनवासीलाई डिएफएसकेको सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ । उत्कृष्ट मूल्यमा सुरक्षतीत एसयूभी विक्री गर्दै आएको कम्पनीले चितवनबाट ‘थ्रि एस’ सेवा प्रदान गर्ने जनाएको छ ।
डीएफएसकेको आधिकारीक वितरक कुजु नेपालले नयाँ वर्ष २०२२ को अवशरमा विभिन्न स्कीमहरु दिइरहेको छ । यी सबै स्कीम चितवनको नयाँ शोरुमबाट पनि ग्राहकले पाउने छन् । नयाँ वर्षको अवशरमा कम्पनीले ३ लाख ५० हजार नगद छुट दिइरहेको छ ।

