काठमाडौं । होन्डाले आफ्नो स्टाइलिश स्कूटर डियो नयाँ डिलक्स भेरिएन्ट भारतीय बजारमा सार्वजनिक गरेको छ । होन्डा डियो युवाहरुको बीचमा निकै चर्चित स्कूटरमा पर्ने गरेको छ । अब यो अझै प्रीमियम भएर आएको छ ।
कम्पनीले पुरानोको तुलनामा डिलक्स स्कूटरमा धेरै परिवर्तन गरेको छ, साथै केही नयाँ सुविधाहरूसमेत थप गरेको छ । यसमा एलईडी हेडलाइट, अल डिजिटल कन्सोल, मोबाइल चार्जिङ, साथै सीट खोल्ने एक अलग स्विच दिइएको छ ।
इन्जिन
यस स्कूटरमा १ सय ९.१९ सीसी सिंगल सिलिन्डर, एयर कूल्ड इन्जिन जडान गरिएको छ । यस इन्जिनले ७ हजार आरएमपिमा ८ एचपी र ५ हजार आरएमपीमा ८.९१ एनएमको टर्क उत्पादन गर्छ ।
मूल्य
कम्पनीले यसको मूल्य भारु ५३ हजार १ सय ३२ रुपैयाँ निर्धारण गरेको छ । जुन पुरानो डियो भन्दा करिब ३ हजारले महंगो छ ।
नेपालमा कहिले ?
नेपाली बजारमा स्याकार टे«डिङ कम्पनीले होन्डाको उत्पादनहरु बिक्री वितरण गर्दै आइरहेको छ । अहिले नेपाली बजारमा स्कुटरको सबैभन्दा ठुलो हिस्सा नै डियोले ओगटेको छ । यस्तोमा नेपाली बजारमा डियोको नयाँ भर्सन डिलक्स नेपाली बजारमा न आउने भन्ने हुँदैन । तर, कहिले आउँछ भन्नेबारे कम्पनीले केहि खुलाएको छैन ।