वैदेशिक रोजगारीमा जानेलाई निगमले भाडामा १० प्रतिशत छुट दिने

काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई भाडादरमा विशेष छुट दिने भएको छ ।

निगमले ४ गन्तव्य मुलुकमा जाने श्रमिकलाई हरेक उडानको १० वटा सिटमा १० प्रतिशत विशेष छुटसहित नयाँ भाडादर योजना लागू गरेको हो ।

निगमका अनुसार काठमाडौंबाट दमाम (साउदी अरब), दोहा (कतार) दुबई (यूएई) र क्वालालाम्पुर (मलेसिया) गन्तव्यतर्फ जाने नेपाली श्रमिक यात्रुका लागि विशेष छुट दिइने छ ।

ती गन्तव्यमा वैदेशिक रोजगारीमा जाने यात्रुको सहजताका लागि प्रत्येक उडानको १० वटा सिटमा १० प्रतिशत विशेष सहुलियत दिने निगमले जनाएको छ ।

श्रम गन्तव्यमा यात्रा गर्नेहरूले आवश्यक कागजातसहित निगमका नेपालस्थित टिकट काउन्टरबाट यो सेवा लिन सक्ने छन्।

नयाँ योजनाले विदेश जाने श्रमिकलाई थप सुविधा र सहयोग मिल्ने निगमको विश्वास छ। थप जानकारीका लागि निगमको केन्द्रीय कार्यालयमा सम्पर्क गर्न आग्रह गरेको छ।


Back_to_top