पेट्रोल नहाली चल्ने मोटरसाइकलको भारतमा चर्चा, नेपाल आउला ?

काठमाडौं । भारतीय बजारमा अहिले जताततै पेट्रोल बिनै चल्ने मोटरसाइकलको चर्चा छ । बजाजले उत्पादन गरेको संसारकै पहिलो सीएनजी मोटरसाइकलले चर्चा बटुलिरहेको हो।

बजाजले फ्रिडम नाम दिएको उक्त मोटरसाइकल पेट्रोल तथा सीएनजी मध्ये एकको मात्र प्रयोग गरेर चलाउन सकिने मोटरसाइकल हो ।

नेपालमा यसको चर्चा कमै हुने गरेको भएता पनि भारतमा अहिले उत्पादन हुने सबैजसो कारहरूमा सीएनजी अप्सन हुन्छन् । सीएनजी भन्नाले बायो ग्यास हो ।

भारतीय बजारमा सीएनजी कारको प्रयोग धेरै भए पनि मोटरसाइकलमा भने अहिलेसम्म प्रचलनमा आएको थिएन । बजाजले पहिलो पटक उत्पादन गरेको सीएनजी मोटरसाइकलको चर्चा भारतमा मात्र नभइ नेपालमा समेत हुन थालेको छ ।

कम्पनीले १२५ सीसी सिंगल सिलिन्डर इन्जिनमा ल्याएको यो मोटरसाइकल सीएनजीको प्रयोग गरेर चलाउँदा धेरै माइलेज दिन्छ । भारतमा पेट्रोलको तुलनामा सीएजनी सस्तो पर्छ ।

भारतमा उत्पादन भएका सबै जसो मोटरसाइकल नेपाल आउने गर्छन् । यस्तोमा भारतमा बिक्री सुरू भएको यो मोटरसाइकल नेपाल आउँछ आउँदैन भन्ने धेरैको जिज्ञासा हुन सक्छ ।

बजाज फ्रिडक १२५ नेपाली बजारमा आउने सम्भावना देखिँदैन । यसमा प्रयोग हुने सीएनजी नेपालमा साखै प्रचलनमा छैन । सीएजनीका कारण यो मोटरसाइकल नेपाल आउने देखिँदैन । यसमा पेट्रोल हाल्ने अप्सन समेत छ । तर, यसमा २ लिटर मात्र पेट्रोल हाल्न सकिन्छ । यस्तोमा यो मोटरसाइकल नेपाली ग्राहकहरूका लागि उपयुक्त देखिँदैन ।


Back_to_top