हुन्डाई कोना ईभीले पायो ‘स्मल कार अफ द इयर’ अवार्ड

काठमाडौं । कोरियन कार उत्पादक हुन्डाईको नयाँ जेनेरेशन कोना ईभीले ‘स्मल कम्पनी कार अफ द इयर २०२४’ को अवार्ड पाएको छ । विश्व प्रसिद्ध अटो एक्प्रेस म्यागजिनले कोना ईभीलाई उक्त अवार्ड दिएको हो ।

नयाँ जेनरेशन कोनामा पहिलेकोभन्दा ठूलो साइज र ब्याट्रीप्याक पनि धेरै क्यापासिटीको रहेको छ । यो ईभीमा ६४ किलोवाट आवरको ब्याट्रीप्याक रहेका कारण एक पटकको फुलचार्जमा ४९० किलोमिटरसम्मको रेन्ज दिने कम्पनीको दाबी छ ।

हुन्डाईको फ्युचरिस्टिक लुक्स, बोल्ड एलईडी स्ट्रीप तथा याङ्गुलर डिजाइनको बडी तथा बडी लाइनिङले यो एसयूभी बोल्ड देखिएको छ । यसको ड्यासबोर्डमा ड्युल कनेक्टेड स्क्रीन दिएको छ । टचस्क्रीन डिस्प्ले तथा फिजिकल बटनहरू समेत दिएकाले यो ईभी युजरफ्रेन्डली रहेको छ । टप क्वालिटीको मेटेरियल प्रयोग भएको यो ईभीको क्याबिनमा ५ जना आरामले यात्रा गर्न सक्नेछन् ।

अटो एक्प्रेसको कार अफ द इयर २०२४ तथा अफोर्डेबल इलेक्ट्रीक कार अफ द इयर अवार्ड सिट्रोन ईसीथ्रीले पाएको छ । त्यस्तै, सिटी कार अफ द इयर हुन्डाई आई १०, लार्ज कम्पनी कार अफ द इयर कियाको ईभी ९ले, लग्जरी कार अफ द इयर बीएमडब्ल्यू ७ सिरिजले, प्रफर्मेन्स कार अफ द इयर हुन्डाई आयोनिक ५ ले, पिकअप अफ द इयर फोर्ड रेन्जरले पाएका छन् ।

 


Back_to_top