काठमाडौं । चिनियाँ ब्राण्ड डोङफेङ इलेक्ट्रीक एसयूभी एम-हिरो अहिले ईभी पारखीहरुका बीच खुबै चर्चा भइरहेको मोडल हो । यसको सबैभन्दा अनौठो कुरा ढोकामा गन राख्ने स्थान पनि दिइएको छ ।
हेर्दा निकै मस्कुलर र बलियो लाग्ने एसयूभीमा उच्च ग्राउण्ड क्लियरेन्स सहितको एम-हिरो सेनाले युद्धमा प्रयोग गर्ने भेहिकल जस्तैछ ।
चिनियाँ मार्केटमा ब्याट्री इलेक्ट्रीक र एक्सटेन्डेड रेन्ज इलेक्ट्रीक अप्सनमा उपलब्ध ‘एम-हिरो आई’को इलेक्ट्रीक भेरियन्टको चारवटै चक्कामा छुट्टा छुट्टै मोटर प्रयोग भएको छ । यी मोटरहरु प्रत्येकको पीक पावर १९७ किलोवाट छ । सबै चारवटै चक्काको संयुक्त पावर १०६९ हर्सपावर छ । यसको पीकटर्क १४०० न्यूटन मिटर छ ।
डोङफेङले एम-हिरो ईभीमा १४२.७ किलोवाट आवरको विशाल टर्नरी लिथियम ब्याट्री प्याक दिएको छ । यति ठूलो ब्याट्रीको डब्लुएलटीपी रेन्ज केबल ४५० किलोमिटर रहेको छ ।
डोङफेङको एम-हिरोको लम्बाइ ४९८७ एमएम, चौडाइ २०८० एमएम र उचाइ १९३५ एमएम छ । यसमा ह्वीलवेस २९५० एमएम लामो रहेको छ ।
डोङफेङले यसमा २० इन्चको ह्वील दिएको छ । साथै, अफरोड यात्राका लागि स्नो, मड, स्याण्ड, रक र वेडीङ अप्सन दिएको छ । यसको चारै चक्कामा मोटर रहेकाले कार्ब वाकिङ मोड तथा क्रिपिङ मोडसमेत पाउन सकिन्छ । यसको ग्राउण्ड क्लियरेन्स २३० एमएम छ । सडकको आवश्यकता अनुसार यसलाई ३३५ एमएमसम्म बनाउन सकिन्छ ।
डोङफेङ एम-हिरोमा १०.६ डिग्री रियर ह्वील स्टेरिङ सिस्टम भएकाले जम्मा ५.१ मिटर टर्निङ रेडियस छ । फ्रन्ट र रियरमा इलेक्ट्रोनिकल्ली कन्ट्रोल डिफ्रेन्सीयल लक तथा सेन्टरमा मेकानिकल डिफ्रेन्सीयल लक दिएको छ । एसयूभीको अप्रोच एङ्गल ३६.८ डिग्री र डिपार्चर एङ्गल ३७.५ डिग्रीको रहेको छ ।

अफरोडिङ क्यापाबिलीटी मात्र होइन यसको इन्टेरियर पनि निकै आकर्षक छ । एम-हिरोको सबै सिट नापा लेदरले बनेको छ । ड्राइभर सिट नै १६ तरिकाले मिलाउन मिल्छ । अगाडिका दुबै सिट मेमोरी, हिटिङ, भेन्टीलेसन र मसाज फिचर पाउन सकिन्छ ।
कम्पनीले यसको रियर सिट पनि मेमोरी, हिटिङ, भेन्टीलेसन, मसाज र ८ तरिकाले मिलाउन मिल्ने किसिमको छ । म्युजिकको लागि १६ वटा स्पीकर सहितको डिना अडियो सिस्टम छ । यसमा एसयूभीमा अटोमेटिक एयर कण्डिसन, एयर प्यूरीफिकेसन सिस्टम, वायरलेस मोवाइल चार्जर, १२.३ इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले, १५.६ इन्चको सेन्टर एलसीडी स्कृन, १२.३ इन्चको रियर प्यासेन्जर सिट स्कृन र ८ इन्चको सेन्टर आर्मरेष्ट स्कृन रहेको छ ।
सुरक्षाको लागि एमहिरोमा ८ वटा एयरव्याग, ३६० डिग्री सराउण्ड भ्यू क्यामेरा, एबीएस, इबीडी, इबीए, बेन्ट असिस्ट, ट्रयाक्सन कन्ट्रोल, बडी स्टेबिलीटी कन्ट्रोल दिएको छ । बडी एन्टीरोल सिस्टम, हिल असिस्ट, प्यारलल असिस्ट, व्लाइण्ड स्पट डिटेक्सन, लेनकीप एण्ड डिपार्चर वार्निङ, फ्रन्ट एण्ड रियर ट्राफिक अलर्ट, हाइवे असिस्ट मल्टीलाइन फिचर रहेको छ ।

