लाइसेन्स सम्बन्धी सम्पूर्ण काम एपबाटै, कारवाहीको विवरणसमेत हेर्न सकिने

काठमाडौं । यातायात व्यवस्था विभागले चालु आर्थिक वर्ष भित्र नै लाइसेन्स एप प्रयोगमा ल्याउने भएको छ । विभागले उक्त एप निर्माणको काम यही माघ महिनाबाट सुरु गर्न लागेको जानकारी दिएको हो । 

विभागका प्रबक्ता गोकर्णप्रसाद उपाध्यायका अनुसार उक्त एप यही चालु आर्थिक वर्षभित्र बनिसक्ने छ । 

‘निर्माण सुरु गर्ने तयारी भएको छ, यही महिनाबाट निर्माण कार्य सुरु हुन्छ, त्यसको लागि आवस्यक बजेट स्विकृत भैसकेको छ’, उपाध्यायले मेरोअटोसँग भने । 

लाईसेन्स एप बनेपछि सबै काम अनलाईबाटै गर्न सकिने उनले जानकारी दिए । 

उनकाअनुसार एपबाट लाइसेन्स इन्ट्रीदेखि कति पटक जरिवाना तिरेको छ वा कारवाहीमा परेको छ, त्यसको जानकारीसमेत सबै अनलाइबाटै पाउन सकिने छ ।

सो एप मार्फत कुनै पनि ब्यक्तिको लाइसेन्सको विस्तृत जानकारी जानकारी ट्राफिक प्रहरी तथा सम्बन्धीत व्यक्तिले मात्र प्राप्त गर्न सक्ने छन् । 

उपभोक्ताले आफ्नो नाम र जन्म मिति राखेर उक्त एप मार्फत आफुले गर्नुपर्ने लाइसेन्स सम्बन्धी सबै काम गर्न सक्ने छन् । 


Back_to_top