बाहिर आयो सुजुकी इलेक्ट्रीक भिटाराको मूल्य

फाइल तस्बिर

काठमाडौं । भारतमा केही दिन भित्रै औपचारिक बिक्री सुरु हुन लागेको सुजुकीले बनाएको पहिलो इलेक्ट्रीक एसयूभी भिटाराको मूल्य २४ लाख ७९ हजार रुपैयाँ रहने जानकारी बाहिर आएको छ ।

कम्पनीले ई भिटाराको अल्फा भेरियन्टको मूल्य २४ लाख ७९ हजार भारतीय रुपैयाँ कायम गर्न लागेको हो । सुजुकीको नेक्सा वेभसाइटमा अल्फा भेरियन्टको मूल्य लिस्टिङ भएको छ ।

मारुती सुजुकीले ल्याउने सम्भवत ई भिटाराको टप भेरियन्ट नै अल्फा रहनेछ । यसमा ६१ किलोवाट आवरको ब्याट्री रहन सक्ने अनुमान छ । भारतमा उत्पादन भएर अहिले पनि युरोप निर्यात भइरहेको ई भिटारा भारतमै बिक्री भने सुरु भएको छैन ।

भारतमा बिक्री सुरु हुने वित्तिकै नेपाली बजारमा पनि उपलब्ध हुने ई भिटारा कति मोटर पावरमा आउँछ, अहिल्यै एकिन भइसकेको छैन । नेपाल सरकारले मोटर पावरको आधारमा कर निर्धारण गर्ने भएको कारण नेपालमा यसको मूल्य अहिल्यै एकिन गर्न सकिँदैन ।

यस्तो छ ई भिटारा

यसअघि नै सुजुकीले ई भिटामा ४९ र ६१ किलोवाट आवरको ब्याट्रीमा आउने घोषणा गरिसकेको थियो । सानो ४९ किलोवाट आवरको ब्याट्री भएको ई भिटारा डेल्टा, जेटा र अल्फा गरि ३ भेरियन्टमा आउने छ । ठूलो ब्याट्रीमा जेटा र अल्फा भेरियन्ट उपलब्ध हुन्छ ।

ई भिटाराको इन्टेरियरमा फ्लोटिङ टचस्क्रीन इन्फोटेन्मेन्ट स्क्रीन, फुल्ली डिजिटल ड्राइभर इन्फर्मेसन डिस्प्ले पाउन सकिनेछ । पानारोमिक सनरुफ, फ्लोटिङ सेन्टर कन्सोल, ट्विनस्पोक फ्ल्याट बटम स्टेरिङ ह्वील, रेक्ट्रयाङ्गुलर एसी भेन्ट्स र रोटरी ड्राइभ सेलेक्टर दिइएको छ ।

सुजुकीको पहिलो इलेक्ट्रीक एसयूभीमा वायरलेस एप्पल कारप्ले एण्ड एण्डरोइड अटो, अटोमेटिक क्लाइमेट कन्ट्रोल, वायरलेस फोन चार्जर, पावर्ड ड्राइभर सिट, इन्फिनिटीको प्रिमियम अडियो सिस्टम लगायत क्याबिन फिचर छन् ।

सुरक्षाका लागि ७ वटा एयरब्याग, लेवल २ एडास फिचर, हाइटेन्सिल स्टील स्ट्रक्चर, ३६० डिग्री क्यामरा, फ्रन्ट एण्ड रियर पार्किङ सेन्सर, इलेक्ट्रोनिक पार्किङ ब्रेक दिइएको छ । अटोहोल्ड, चारै चक्कामा डिसब्रेक, टायर प्रेसर मोनिटरिङ सिस्टमले चालकलाई थप सजिलो बनाउने छ ।


Back_to_top