प्रदर्शनकारीले पूर्व-पश्चिम राजमार्ग पनि गराए बन्द

काठमाडौं । जेनी जीको आन्दोलन दोस्रो दिन (मंगलबार) थप चर्किँदै गएको छ ।

सोमबार भएको प्रदर्शनमा राज्यले नरसंहार मच्चाई १९ जनाको हत्या गरेपछि आज देशव्यापी आन्दोलन चर्किएको हो ।

कर्फ्युका बाबजुद अहिले काठमाडौंमा प्रदर्शन भइरहेको छ । उपत्यका बाहिर पनि देशका विभिन्न सहरमा युवाहरूले आन्दोलन सुरु गरेका छन् ।

प्रदर्शनकारीहरूले देशका मुख्य राजमार्ग पनि बन्द गर्न थालेका छन् । पृथ्वी राजमार्ग बिहानै बन्द गराएका थिए भने पूर्वपश्चिम राजमार्ग पनि बन्द भएको छ ।

मकवानपुरको हेटौंडा र मनहरी बजार क्षेत्रमा प्रदर्शनकारीले टायर बालेर अवरुद्ध गरेका हुन् ।


Back_to_top