काठमाडौं आउने सडक पनि हुन थाले बन्द, पृथ्वी राजमार्गमा अवरोध

काठमाडौं । सोमबार जेनजीको आन्दोलनमा राज्यले नरसंहार मच्चाई १९ जनाको हत्या गरेपछि देशव्यापी आन्दोलन हुन थालेको छ ।

कर्फ्युका बाबजुद अहिले काठमाडौंमा प्रदर्शन भइरहेको छ । उपत्यका बाहिर पनि देशका विभिन्न सहरमा युवाहरूले आन्दोलन सुरु गरेका छन् ।

नरसंहारको विरोधमा प्रदर्शनकारीहरूले काठमाडौं आउने मुख्य सडक समेत बन्द गर्न थालेका छन् । यसैक्रममा पृथ्वी राजमार्ग बन्द गराएका छन् ।

युवाहरूले धादिङको सिम्लेमा सडक बन्द गराइ प्रदर्शन गरिरहेका हुन् ।


Back_to_top