काठमाडौं । नेपाली बजारमा पछिल्लो दिन कम्प्याक्ट एसयूभीको बीचमा तिब्र प्रतिस्पर्धा भइरहेको छ । २०१४ बाट नेपाली बजारमा कम्प्याक्ट एसयूभीले चर्चा पाउन सुरु भएको हो ।
बाहिरी आवरणमा टाटाको नेक्सन सबैभन्दा आक्रर्षक र स्टाइलिस देखिन्छ भने इकोस्पोर्ट र भिटाराले बिक्रीमा आफुलाइ प्रमाणित गरिसकेका छन् ।
त्यसअघि बजारमा थुप्रै क्रसओभर गाडीहरू आएका थिए । तर, जब कम्प्याक्ट एसयूभी बजारमा आए, तब ती क्रसओभरको बिक्री निकै घटेको छ । नेपालमा एसयूभी बजारको सबैभन्दा ठूलो प्लेयर अहिले हुन्डाईको क्रेटा हो । १६०० सीसी इञ्जिन क्षमताको क्रेटा बजारमा उपलब्ध अन्य एसयूभीभन्दा मूल्य, पावर र फिचरका हिसाबले उत्कृष्ट रहेको छ ।
स्पेसिफिकेसन |
फोर्ड |
टाटा |
भिटार |
डिजेल |
१.५ |
१.५ |
१.३ |
पावर |
९९ |
११० |
९० |
टर्क |
२०५ |
२६० |
२०० |
गियर |
५ |
६ |
५ |
क्रेटाको डिजेल भेरिएन्ट १.४ लिटर सेग्मेन्टमा भए पनि नेपाली बजारमा अहिलेसम्म आएको छैन ।
डिजेल भर्सनमा मूल्य, पावर, फिचर र अन्य विविध पक्षमा फोर्डको ईकोस्पोर्ट, टाटा नेक्सन र मारुति सुजुकी भिटारा ब्रेजाको बीचमा कडा प्रतिस्पर्धा रहेको छ । बाहिरी आवरणमा टाटाको नेक्सन सबैभन्दा आक्रर्षक र स्टाइलिस देखिन्छ भने इकोस्पोर्ट र भिटाराले बिक्रीमा आफ्लाई प्रमाणित गरिसकेका छन् । फोर्डको इकोस्पोर्ट नेपाली बजारमा सर्वाधिक बिक्री भएको मध्येमा पर्ने कम्प्याक्ट एसयूभी हो । सुरुमा १००० सीसी पेट्रोल इञ्जिन र १५०० सीसी डिजेल इन्जिन क्षमतामा उपलब्ध ईकोस्पोर्ट अहिले पेट्रोलमा १५०० सीसी इन्जिनमा समेत उपलब्ध रहेको छ ।
मारुती सुजुकी भिटार ब्रेजा डिजेल इञ्जिनमा मात्र उपलब्ध रहेको छ । यो कार डिजेल कार प्रेमीको लागि उत्कृष्ट अप्सन भइरहेको छ । कम्पनीले २०१९ को अन्त्यसम्ममा पेट्रोल इञ्जिनमा समेत ल्याउने बताएको छ ।
डायमेन्सन |
फोर्ड |
टाटा |
भिटार |
लम्बाई |
३९९९ |
३९९४ |
३९९५ |
चौडाई |
१७६५ |
१८११ |
१७९० |
उचाई |
१७०८ |
१६०७ |
१६४० |
ह्वीलवेस |
२५२० |
२४९८ |
२५०० |
ग्राउन्ड |
२०० |
२०९ |
१९८ |
बुट |
३४६ |
३५० |
३२८ |
नेपाली बजारमा ईकोस्पोर्टको इतिहास करिब ४ वर्षको रहेको छ भने, ब्रेजा नेपाल आएको करिब २ वर्ष भएको छ । करिब ४ महिनाको इतिहास भएको नेक्सनले नेपाली बजारमा दुबै कारलाई कडा टक्कर दिइरहेको छ ।
ईकोस्पोर्ट
फोर्डको ईकोस्पोर्ट भारतीय बजारमा फोर्डको धेरै बिक्री हुने सवारीमध्येमा पर्छ । ईकोस्पोर्ट भारतमा सार्वजनिक भएको पहिलो सव–फोर मिटर एसयूभी हो । यो गाडी १.५ लिटर डिजेल इन्जिनमा उपलब्ध रहेको छ ।
नेपालका लागि फोर्डको आधिकारिक बिक्रेता जीओ फोर्डले ५ भेरीएन्टमा ईकोस्पोर्टको डिजेल भसर्न उपलब्ध गराएको छ जस्मा एम्बिएन्ट एमटिको बजार मूल्य ३९ लाख ४० हजार, ट्रेन्ड एमटिको मूल्य ४२ लाख ९० हजार, ट्रेन्ड प्लसको मूल्य ४४ लाख ४० हजार, टाइटानिएम एमटिको मूल्य ४७ लाख ९० हजार, टाइटानिएम प्लसको ५० लाख ९० हजार रुपैयाँ तोकेको छ ।
मारुती सुजुकी भिटारा ब्रेजा
भारतको कम्प्याक्ट एसयूभी बजारमा मारुतीले के ल्याउँछ भन्ने उत्तर भिटारा ब्रेजाले दियो । यो गाडी मारुतीको पुरानो ग्रान्ड भिटाराजस्तै देखिन्छ । यो कार २०१६ को अटो एक्स्पोमा सार्वजनिक भएको हो ।
यो कारमा १.३ लिटर डिजेल इञ्जिन, ८९ बीएचपीको पावर र २०० एनएम टर्क, ५ स्पीड म्यानूअल गेयरबक्स रहेको छ । ब्रेजाले प्रतिलिटर २४.३ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ ।
यो गाडी नेपाली बजारमा तिन भसर्नमा उपलब्ध छ । भिटारा ब्रेजा एलडिआइ (ओ)को मूल्य ३६ लाख ४९ हजार, भिटारा ब्रेजा जेडडिआइ प्लसको ४० लाख ९९ हजार र भिटारा ब्रेजा जेडडिआइ डूअल टोनको मूल्य ४१ लाख २९ हजार रुपैया रहेको छ । मारुती सुजुकी नेपाली बजारमा अरूण इन्टरकन्टीनेन्टलले भित्र्याउँदै आएको छ ।
टाटा नेक्सन
नेपाली बजारमा टाटाको नेक्सन कार गेमजेञ्जर भएर आएको छ । सिप्रदी ट्रेडिङले २०१८ को सुरुवातसँगै नेपाली बजारमा ल्याएको नेक्सन अहिलेसम्म ३०० भन्दा बढी बिक्री भएको कम्पनीले जनाएको छ ।
यो कार नेपाली बजारमा ३ मोडलमा डिजेल भसर्न उपलब्ध रहेको छ । भेरिएन्ट एक्सईको मूल्य मूल्य ४२ लाख ८५ हजार, एक्सजेड प्लसको मूल्य ४५ लाख ९० हजार र एक्सजेड प्लस डूअलटोन भसर्नको मूल्य ४६ लाख ८५ हजार रहेको छ । साथै, कलभेरिएन्टमा भर्मोन्ट रेड, मोरोक्कान ब्लू, सिटल सिल्भर, ग्लासगो ग्रे र कलरगरी ह्वाइटमा उपलब्ध रहेको कम्पनीले जनाएको छ ।