यस्तो छ मेसीकाे कार कलेक्सन, सबै कार उपहारका

काठमाडाैं । रुसमा जारी २०१८ को विश्वकपमा अर्जेन्टिनाबाट सम्भवत अन्तिम विश्वकप खेलिरहेका लियोनल मेसीलाइ अबको नाइजेरीया बिरुद्धको खेलमा जित हात नलगाए निराश भएर घर फर्किनुको बिकल्प हुने छैन । क्लब फुटबल प्रतियोगितामा सबै उपाधि चुमिसकेका मेसीले अर्जेन्टिनाका लागी कुनै ठुलो प्रतियोगीता भने जित्न सकेका छैनन् ।

आज उनको जन्मदिन समेत परेको छ । कारका शौखीन यी फुटबलर मेसी आजदेखि ३२ बर्षका भएका छन् । कार कलेक्शन गर्न रुचाउँने मेसीसंग विश्वका उत्कृष्ट कम्पनीका विभिन्न ब्रान्डका कार संग्रहीत छन् । उनी आउडी, मासेराती देखि टाेयाेटा कम्पनीका कारहरु चढ्ने गर्छन् । उनि टाटा मोटर्सको प्यासेन्जर भेइकलको ब्रान्ड एम्बेस्डर समेत रहेका छन् ।

आउडी ए ७ 

लियोनल मेसी स्पेनको बार्सिलोनाको क्लब टिमबाट खेल्ने गर्छन् । आउडी कम्पनी यो फुटबल क्लबको स्पोन्सर रहेको छ । कम्पनीले क्लबका टीम मेम्बरलाई ब्रान्डेड कार उपहार दिने गर्छ । जस अन्तर्गत मेसीले आउडी ए ७ कार रोजेका थिए । आउडीमा ३.० लिटर भि ८ इन्जिन लाग्छ जसले २६८ बिएचपी पावरमा ६०० न्युटन टर्क बल उत्पादन गर्छ ।   

मासेराती ग्रान्ड टुरिज्मो एमसी स्ट्राडेल 

मेसिको विशेष रोजाईमा परेको  अर्काे कार हो मासेराती ग्रान्ड टुरिज्मो एमसी स्ट्राडेल कार । स्पोर्टी  लुक्समा  निर्माण गरिएको यो कारमा ४.७ लिटर इन्जिन रहेको छ । प्रयाजशो मेसि यात्राका लागि निस्कदा यही कारको प्रयोग गर्ने गर्छन् । यसमा लगाएको भि ८ इन्जिनले अधिकतम ४४४ बिएचपी पावर उत्पादन गर्छ भने ५१० न्युटन मिटर टर्क जेनेरेट गर्छ । यसको टप स्पिड क्षमता ३०१ किलोमिटर प्रतिघन्टा रहेको छ । यो कारले ० देखि १०० किलोमिटर प्रतिघन्टाको रफ्तार पकड्न ४.६ सेकेन्ड समय लगाउँने गर्छ ।

आउडी क्यु ७

 

मेसीसंग तीन आउडी क्यु ७ एसयुबी कार रहेका छन् । उनीसंग क्यु ७ को न्यु जेनेरेशन मोडल समेत संकलीत छ । ह्वाइट आवडी क्यु ७ आउडी कम्पनीले बार्सिलोना फुटबल क्लबका खेलाडीलाई गिफ्ट स्वरुप दिइएको थियो । यसमा ३.० लिटर टिडिआईभि६ टर्बाेचाज्र्ड डिजेल इन्जिन लगाइएको छ । यो इन्जिनले २४५ बिएचपी पावरका साथै ६०० न्युटन टर्क उत्पादन गर्छ । 

आउडी आरएस ६ 

आउडी आरएस ६ अवांत युनिक तथा पावरफुल ब्रान्ड अन्तर्गत पर्छ ।  लियोनल मेसिलाई यो कार आउडी कम्पनीले उपहार स्वरुप दिएको हो । सेपांग ब्लु सेडमा निर्माण र्भैरहेको आरएस६ अवांतमा ४.० लिटर, भि ८ टर्बाेचाच्र्ड इन्जिन लगाइएको छ । यसले अधिकतम ५५३ पावर उत्पादन गर्छ भने ७०० न्युटन टर्क दिने गर्छ । यसमा क्वाँट्रो फोर ह्वील सिस्टम लगाइएको छ । यसमा ८ स्पिड ट्रान्समिसन दिइएको छ । ० देखि १०० किलोमिटर प्रतिघन्टाको स्पिड पकड्न ३.९ सेकेन्ड समय लगाउँछ । यसको टप स्पिड प्रतिघन्टा २४९ किलोमिटर रहेको छ । 

टोयोटा ल्यान्ड क्रुजर प्राडो 

लियोनल मेसी संग संग्रहित अर्काे कार हो टोयोटा ल्यान्ड क्रुजर प्राडो । सेलिब्रेटीको रोजाइमा पर्ने गरेको यो कार पनि मेसीलाई टोयोटा कम्पनीले उपहार स्वरुप दिएको हो । यसमा ३.० लिटर, डि४डि डिजेल इन्जिन दिइएको छ । यसले १७० विएचपी पावरका साथै ४१० न्युटन टर्क उत्पादन गर्छ । 

ल्यान्ड रोवर भोग 

लियोनल मेसीसंग संग्रहीत अर्काे कार हो, ल्यान्ड रोवर भोग । यो ब्रान्ड ब्रिटिसको सबैभन्दा महङ्गो कार अन्र्तगत पर्छ । 

 रेन्ज रोवर स्पोर्ट 

लियोनल मेसीसंग ल्यान्ड रोवर रेन्ज रोवर स्पोर्ट कार रहेको छ । विशेषत मेसी उनकी पत्नीसंग यात्राका लागि निस्कदा कारमा डुल्ने गर्छन् । २०१४ मा निर्माण भएको यो मोडल पेट्रोल र डिजेल भेरिएन्टमा उपलब्ध छ ।  


Back_to_top