काठमाडौं । प्रिमियम इलेक्ट्रीक स्कुटर ‘इकुटर र हर्विन’ ब्रान्डका स्कुटरमा भारी छुटको योजना सार्वजनिक भएको छ । हर्विन इलेक्ट्रीक् स्कुटर र ईकुटर ब्रान्डको इलेक्ट्रीक स्कुटरको नेपालका लागि अधिक्रित बिक्रेता पायोनियर वर्ल्डवाईड प्रालिले स्कुटरमा नगद छुटको योजना सार्वजनिक गरेको हो ।
भृकुटीमन्डपमा भइरहेको ईभी एक्स्पो तथा आउँदै गरेको दसैं तिहारको अवसर पारेर नगद ५० हजार रुपैयाँसम्मको छुटको स्कीम ल्याएको कम्पनीले जनाएको हो ।
कम्पनीले ईकुटर ब्रान्डको इलेक्ट्रीक स्कूटर ईटी३ मा नगद २५ हजार, ईटी ३को लिथियम आयोन भर्सनमा ३५ हजार रुपैयाँ, ई २ मा ४५ हजार र इ५ मोडलमा ६० हजार नगद छुट दिने भएको हो ।
यी स्कुटहरुको नयाँ मूल्य क्रमशः १ लाख ७५ हजार, २ लाख ४० हजार, ४ लाख २० हजार र ६ लाख ९० हजार रुपैयाँ तोकिएको छ ।
त्यस्तै, हर्विन ब्रान्डका इलेक्ट्रीक स्कूटरहरुमा ईके १ इलेक्ट्रीक स्कुटरमा २० हजार रुपैयाँ र सीआर ६ मोटरसाइकलमा ५० हजार नगद छुटको ब्यवस्था गरेको हो ।
अब यी स्कुटर र मोटरसाइकलको मूल्य क्रमशः ३ लाख ५५ हजार र ६ लाख रुपैयाँ निर्धारण गरिएको छ ।

