फुल चार्जममा ४२० किलोमिटर गुड्ने इलेक्ट्रीक मोटरसाइकल

काठमाडौं । इलेक्ट्रीक एड्भेन्चर टुरर मोटरसाइकल सार्वजनिक भएको छ । इटालियन ब्राण्ड इनर्जिकाले इलेक्ट्रीक एड्भेन्चर टुरर मोटरसाइकल सार्वजनिक गरेको हो ।

इनर्जिकाले आफ्नो लोकल मार्केटमा सार्वजनिक गरेको इलेक्ट्रीक एड्भेन्चर मोटरसाइकलको नाम ‘एक्सपेरिय’ दिएको छ । यो मोटरसाइकलले एक पटकको फुलचार्जमा ४२० किलोमिटर रेन्ज दिने कम्पनीको दावी छ ।

यो मोटरसाइकलमा २२.५ किलोवाट आवरको लिथियम आयोन पोलिमर ब्याट्री प्रयोग गरिएको छ । यसलाई ४० मिनेटमै ०-८० प्रतिशत चार्ज गर्न सकिन्छ । यसमा ६० किलोवाटको मोटर रहेको छ । यो मोटरले १०१ बीएच पावर तथा ११५ एनएम टर्क जेनेरेट गर्छ । यो मोटरसाइकलमा रिजेनेरेटिभ ब्रेकिङ सिस्टम पनि रहेको छ ।

मोटरसाइकमा इको, रेन, अर्बन र स्पोर्टगरी चार ड्राइभिङ मोड रहेको छ । त्यस्तै ट्रयाक्सन कन्ट्रोल, क्रुज कन्ट्रोल, कर्नरिङ एबीएस जस्ता फिचर यसमा रहेका छन् । यसको फ्रन्टमा अफरोड सुहाउँदो ४३ एमएमको यूएसडी फर्क र रियरमा १५० एमएम ट्राभल स्पेस मोनोशक सस्पेन्सन दिइएको छ ।

यो मोटरसाइकलमा १७ इन्चको अलोय ह्वील दिइको छ भने फ्रन्टमा ३३० एमएमको डबल डिस्क र रियरमा २४० एमएमको डबल पिस्टन क्यालिपर डिस्क ब्रेक रहेको छ । यसमा स्याण्डर्ड एबीएस ब्रेकिङ सिस्टम उपलब्ध छ ।


Back_to_top