आज विश्व मोटरसाइकल दिवस, यस्तो छ मोटरसाइकल सम्बन्धी रोचक तथ्य

काठमाडौं । मोटरसाइकल एक सवारीसाधनको रुपमा मात्र हेरिन्न । आजकल मोटरसाइकललाई इमोशनको रुपमा समेत लिन थालिएको छ । जुनसुकै उमेर समुहका मानिसमा मोटरसाइकलसँग छुट्टै लगाव रहेको पाइन्छ ।

मोटरसाइकलको इतिहास निकै लामो रहेको पाइन्छ । सन १८६० मा पेरिसका पेइरे मिचौक्सले बाफबाट चल्ने मोटरसाइकल निर्माण गरेको थिए । त्यस पश्चात् सन् १८८५ मा पहिलो इन्टरनल कम्बस्चन इन्जिन युतm पेट्रोलबाट चल्ने मोटरसाइकल निर्माण भएको थियो ।

सन् १८९४ देखि मोटरसाइकलको व्यवसायीक उत्पादन शुरु भएको थियो । उक्त हिलडे ब्राण्ड एण्ड वोल्फमोलर पहिलो सिरिजमा उत्पादन भएको मोटरसाइकल हो । यो मोटरसाइकलमा दुई सिलिन्डर फोर स्ट्रोक इन्जिन रहेको थियो ।

उक्त इन्जिनले २.५ बीएच पावर उत्पादन गर्थो भने यसको टप स्पीड ४५ किलोमिटर प्रतिघन्टा रहेको थियो । सन् १९०० मा हार्ले, रोयल इन्फिल्ड जस्ता कम्पनी स्थापना भएपछि मोटरसाइकलको विकासले गति लिएको हो ।

२१ जुनलाई ‘वर्ल्ड मोटरसाइकल डे’को रुपमा मनाउने गरिन्छ । फ्रिडम अफ राइडिङको नारा सहित यो दिन मोटरसाइकल चलाउने चलन चल्दै आएको छ । मोटरसाइकल राइडरहरुले विभिन्न ग्रुप बनाएर यसलाई उत्सबकै रुपमा मनाउने गरेका छन् ।

मोटरसाइकल सम्बन्धी केही रोचक तथ्य

-मोटरसाइकललाई फिमेलको रुपमा हेरिन्छ ।

-पहिलो मोटरसाइकल बाफबाट चल्ने बनाइएको थियो ।

-पहिलो मोटरसाइकलमा दुई सिलिन्डर इन्जिन रहेको थियो

-विश्व युद्धमा मोटरसाइकलको प्रयोग गरिएको थियो ।

-हालसम्म मोटरसाइकलको टप स्पीड ४०० किलोमिटर प्रतिघन्टा रहेको छ ।


Back_to_top