इभी प्रेमीलाई चकित बनाउन सफल मर्सिडिज EQXX इलेक्ट्रीक कन्सेप्ट

काठमाडौं । मर्सिडिजले आफ्नो नयाँ इलेक्ट्रीक कन्सेप्ट कार ‘इक्यूएक्सएक्स’ (EQXX) देखाएको छ । यसलाई हेरेपछि संसारभर रहेका विद्युतीय गाडीप्रेमीहरु चकित भएका छन् ।

यसको रेन्ज, उत्कृष्ट बनोट र लग्जरी फिचरको कारण जो कोही लोभिएका छन् । कम्पनीले प्रति १० किलोवाट आवरमा १०० किलोमिटर रेन्ज दिनेगरी यसलाई तयार गर्ने जनाएको छ ।

१०० किलोवाट आवर क्षमताको व्याट्री दिइने इक्यूएक्सएक्सले एक पटकको फुलचार्जमा १ हजार किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनको दावी छ । आफ्नै नयाँ मोडल EQS भन्दा पनि स्टाइलिस, लग्जरीयस र प्रिमियम बनाइएको EQSS मोडलमा कम्पनीले नयाँ नयाँ प्रयोग गरेको छ ।

यसको इन्टेरियरमा च्याउ, बाँस, सिउँडी, भेगन स्लीक, रिसाइकल गरिएको पुराना प्लाष्टिकका बोटलको प्रयोगबाट तयार गरेको छ । यसमा कुनै किसिमका जनावरको छाला प्रयोग भएको छैन ।

मर्सिडिजले यसमा ४७.५ इन्चको ओएलइडी प्रयोग गरेको छ । यसले लगभग पुरै ड्यासबोर्ड ढाकेको देखिन्छ । मर्सिडिजले EQSS को छतमा सोलार प्यानल समेत जडान गरेको छ । यसमा रहेको सोलारले दैनिक २५ किलोमिटर गुड्न पुग्ने चार्ज प्रदान गर्ने कम्पनीको दावी छ ।


Back_to_top