लकडाउनमा यी ४ तरिकाले गर्नुहोस् इलेक्ट्रीक सवारी साधनको हेरचाह

काठमाडौं । नेपाली बजारमा पछिल्लो समयमा इलेक्ट्रीक सवारी साधन उल्लेखिनय मात्रामा वृद्धि भएका छन् । लामो समयदेखि बिक्री हुँदै आएको महिन्द्राको इटुओको साथै पछिल्ला वर्षहरुमा नेपाल आएका हुन्डाई, किया, बिवाइडी, एमजीका गाडीहरु १ हजार यूनिटभन्दा बढी बिक्री भएका छन् ।

विश्वनै कोरोनाको प्रकोपले अधिकांश देश लकडाउनमा भएको र त्यही क्रममा विगत १ महिनाभन्दा धेरै समयदेखि नेपालमा पनि लकडाउन रहेकाले सडकमा अत्यावश्यक बाहेका कुनै किसिमका साधन बाटोमा गुड्न पाएका छैनन् ।

लामो समयसम्म सवारीसाधन नगुडाइराख्दा समस्या आउने चिन्ता सवारी धनीहरुमा पर्न थालेको छ । यस्तोमा चिनियाँ इलेक्ट्रीक सवारीसाधन उत्पादक कम्पनी बिवाइडीले लकडाउनको बेलामा आफ््नो सवारी साधनलाई कसरी सुरक्षित राख्ने भनेर विभिन्न सुझावहरु दिएको छ ।

बिवाइडीका अनुसार आफ्नो इलेक्ट्रीक सवारी चुस्तदुरुस्त राख्नका लागि देहाएका कार्यहरु गर्न सकिने जनाएको छ ।

१. आफ्नो इलेक्ट्रीक सवारी साधनलाई कम्तीमा प्रत्येक १५ दिनमा एक पटक स्टार्ट गरेर ५ देखि १० मिनेट राख्नुपर्छ । यदि आफ्नो कम्पाउन्डमा यथेस्ठ स्थान छ भने आफ्नो इभीलाई केहीबेर अगाडि पछाडि गुडाउने प्रयास गर्नु राम्रो हुनेछ । यसो गर्दा इभीको ड्राइभ ट्रेनलाई अर्डरमा राख्न मद्दत गर्नूका साथै टायरको हावा पनि स्थिर रहने छ ।

२. इभीलाई लामो समय थन्काएर राख्दा चार्जिङ्ग पोर्टमा फोहोर जम्ने वा धुलोले क्षयीकरण हुने सम्भावना भएकोले समय समयमा सफा गरिरहनु पर्छ ।

३. लामो समयसम्म गाडीलाई स्थिर राख्दा बाहिरि मौसमको प्रभावले टायरको प्रेशर कम हुन सक्छ । त्यसकारण टायरको अवस्था बुझ्न गाडीको ड्यासबोर्डमा टायर प्रेशर मोनिटर हेर्न सकिन्छ । गाडी वरिपरी घुमेर सबै टायरमा केही लिकेज छ वा छैन याद गर्नु उपयुक्त हुन्छ ।

४. बिवाइडी लगायत अहिलेका आधुनिक इभीहरुमा भेहिकल डाइग्नोस्टीक सिस्टम रहेको हुन्छ । यसरी इभी चलाउनु अघि आफ्नो सवारीमा केही समस्या छ वा छैन भनेर ड्यासबोर्डमा हेरे एकिन गर्नु पर्छ ।


Back_to_top