यस्तो छ, ससांरकै सबैभन्दा तिब्र गतिमा कुद्ने बाइक

काठमाडौं । ससांरमै सबैभन्दा तिब्र गतिमा कुद्न सक्ने बाइक कवासाकी निन्जा एच२आर हो । जसको टप स्पीड क्षमता ४०० किलोमिटर प्रतिघन्टा रहेको छ । 

यो बाइक ट्रयाक वा खुल्ला बाटोमा मात्र चलाउन सकिन्छ । टर्कीको ओसमान गाजी पुलमा गरिएको परिक्षणमा उक्त बाइकले ४०० किलोमिटरको गती मात्र २६ सेकेन्डमा भेटेको थियो । 

उक्त बाइक चालक टर्कीस राइडर केनन सोफुङ्लु हुन् । यो नै हालसम्मको सर्वाधिक तिब्र गतिमा दौडन सक्ने बाइक हो । 

कावासाकी निन्जा एच२आरमा ४स्ट्रोक, ४सिलिन्डर, ४भल्भ लिक्वीड कुल्ड ९९८ सीसी क्षमताको इन्जिन रहेको छ । उक्त इन्जिनले ३१० एचपी पीक पावर जेनेरेट गर्छ ।

बाइकमा एडभान्स इलेक्ट्रोनिक एआइडी कावासाकी कर्नर मेनेजमेन्ट, कावासाकी ट्रायाक्सन कन्ट्रोल, कावासाकी लन्च कन्ट्रोल, कावासाकी इन्जिन ब्रेक कन्ट्रो, कावासाकी क्वीक सिफ्टर, कावासाकी इन्टेलिजेन्ट ब्रेकिङ सिस्टम जस्ता अत्याधुनिक फिचर रहेका छन् ।


Back_to_top