नक्सालमा खुल्यो रिभर इन्डीको शोरुम

काठमाडौं । काठमाडौंको नक्सालमा भारतीय इलेक्ट्रीक स्कुटर ब्राण्ड रिभर इन्डीको शोरुम संचालनमा आएको छ ।

नेपालका लागि रिभर इन्डीको आधिकारिक बिक्रेता विशाल ग्रुपले आजदेखि नक्सानमा अत्याधुनिक शोरुम संचालनमा ल्याएको हो ।

कम्पनीले गत साउनमा नेपाली बजारमा रिभर इन्डी एसयूभी स्कुटर सार्वजनिक गरेको थियो । कम्पनीले उक्त स्कुटरको मूल्य ३ लाख ७० हजार रुपैयाँ तोकेको छ ।

‘एसयूभी अफ स्कुटर्स’को अवधारणासहित विकास गरिएको यो स्कुटर नेपालका शहरी तथा ग्रामीण दुवै प्रकारका सडकलाई लक्षित गरी तयार गरिएको कम्पनीको दाबी छ ।

भारतको बेङ्गलुरुस्थित विद्युतीय सवारी निर्माता रिभरले उत्पादन गरेको इन्डीले अन्तर्राष्ट्रिय स्तरमा पनि उल्लेखनीय पहिचान बनाइसकेको छ । यसले रेड डट डिजाइन कन्सेप्ट अवार्ड २०२४ र रेड डट प्रोडक्ट डिजाइन अवार्ड २०२५ प्राप्त गर्ने एकमात्र भारतीय दुईपाँग्रे सवारीको रूपमा सफलता हासिल गरेको कम्पनीले जनाएको छ।

स्कुटरमा ४ किलोवाट आवरको लिथियम आयन ब्याट्री जडान गरिएको छ । यसले एकपटकको फुलचार्जमा १६० किलोमिटरसम्म आइडीसी रेन्ज दिने कम्पनीको दाबी छ । स्कुटरमा ६.७ किलोवाटको मिड ड्राइभ मोटर जडान गरिएको छ । जसको टप स्पीड ९० किलोमिटर प्रतिघण्टा रहेको छ । यो स्कुटरले १८ डिग्रीसम्मको उकालो चढ्न सक्ने क्षमता राख्छ ।

१७७ मिलिमिटर ग्राउण्ड क्लियरेन्स रहेको यो स्कुटरमा १४ इन्चका पाँग्रा, ५५ लिटर क्षमताको स्टोरेज, विशेष राइडर फुटपेग, टेलिस्कोपिक सस्पेन्सन, ट्युबलेस टायर र अलोय ह्वील दिइएको छ ।

यसमा पूरा डिजिटल डिस्प्ले, पूरा एलईडी लाइट, प्रोजेक्टर हेडल्याम्प, फास्ट चार्जिङ सिस्टम, लो ब्याट्री अलर्ट, चेन ड्राइभ, राइडिङ मोड, डिस्क ब्रेक, रिजेनेरेटिभ ब्रेकिङ, रिभर्स असिस्ट, चार्जिङ पोर्ट, सीबीएस सिस्टम लगायत फिचर छन् ।

कम्पनीले एसयूभी स्कुटरमा ८ वर्षसम्मको वारेन्टी उपलब्ध गराएको छ ।


Back_to_top